Skip to content

एउटा गरिब केटी थिई
बिरामि भै ओछ्यान परी
औषधिमूलो केहि पाइन
एक दिन ऊ तेसै मरी

उनको थियो एउटा बच्चा
तोते बोल्ने मनको सच्चा
भयो त्यो बिचरा टुहुरा
कसले दिने उसलाई सहारा

बाउ मरिसकेको ऊ गर्वमा हुँदा
जनयुध्दमा कस्कोहो गोलि लाग्दा
आफन्त, बिचरो भन्दै मुन्टो बटारे
छिमेकि, अभागि भनि बाटो लतारे

अबोध उसका मानसपट
के भयो पत्तै पाएन झट्ट
उसका नयन खोज्थे आमा
कस्तो भाग्य उसको हे राम

मात्र थिएन यो उसको कथा
धेरै बालकको छ एस्तै ब्यथा
कहिलेसम्म यस्तो चपेटामा पर्ने
के सधै यसरिनै जिउदै मर्ने

गरिब आमाको नामको पूकार
सुनिदेउ हे इश्वर साक्षातकार
कहलाउछौ सारा प्राणिका दुखहर्ता
तिमि हौ भने सर्बज्ञानी बिधाता
फेरि किन हामिलाई यति सुर्ता
जीवन देउ जीवन्त या लिउ फिर्ता

1 thought on “गरिबी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *