Skip to content


कलकल्कल बग्छिन रे सरिता
सब नूतन लाग्दछ रे रमिता
मन मोहक द्रिश्य छ हेर उता
अब लेख्दछु रे रसिला कविता

सरसर्सर बग्छ हवा नभमा
जसले तटिनी प्रिय छे सबमा
जब सागर भेट्न हिडिन् तटिनी
जल चन्चल नाच्दछ झै नटिनी

रङ फ्याक्छ दिवाकरले जलमा
झन सुन्दर लाग्दछ पल्पलमा
हिम्-आलय झल्झल उत्तरमा
अनि लेक र पर्वत दछिणमा

सब सम्म तराई छ हेर अनी
अति उर्बर उन्नत योग्य भुमी
कति सुन्दर देश छ स्वर्ग सरी
मन मोहन मोहक शान्त पुरी

11 thoughts on “मेरो देश”

  1. यो कविता तोटक छन्दमा छ।
    यो कविता तोटक छन्दमा छ।

  2. dherai samaya pachhi
    dherai samaya pachhi rasoli-ramro chhanbadda kabita padna paunda khusi lagyo, dherai dhanyabad.

    HNG, Malaysia

  3. सुन्दर अभिव्यक्ति,
    सरिताको

    सुन्दर अभिव्यक्ति,
    सरिताको प्रवाह जस्तै
    मन प्रसन्न बनाउने !

  4. सुन्दर अभिव्यक्ति,
    सरिताको

    सुन्दर अभिव्यक्ति,
    सरिताको प्रवाह जस्तै
    मन प्रसन्न बनाउने !

    1. कृष्ण थापाजी, धेरै धेरै
      कृष्ण थापाजी, धेरै धेरै धन्यवाद सुन्दर अभिब्यक्तिको लागि !

  5. sarai sundar panti haru
    sarai sundar panti haru lobhai lagne chhan tapiko kalamlai hardik shuva-kamana

    sunil sangam

  6. sarai sundar panti haru
    sarai sundar panti haru lobhai lagne chhan tapiko kalamlai hardik shuva-kamana

    sunil sangam

Leave a Reply

Your email address will not be published. Required fields are marked *