Skip to content

narayan pokharel

CC93F4B2-C203-4782-A6A5-507B1640295B

जीवन रथमा

लामु यात्रा जिवनको छोटा छोटा स्मृती छन
कत्ती रहर कत्ती कहर चोट सबै। भन्दाछन
डाँडा काडा उकाली ठुला भीर भिराली
गदगदाउ थियो जिवन हिंडदा नी ओराली

वहार थियो सुन्दर सपना थियो परीश्रम वाली
दुख पिर पिडा सारा लाग्थियो सब हरीयाली
थियो चेतन माया मोह जीवनका थीर दृष्टी
फल्थे तेस्मा मधुमया रस्का शात सुन्दरर वस्ति

चैन सबै ती मनोहर जिवन उदवेग आज साथ
गलित मनले भन्छ आज थिय सब ती रित्ता हात
जानु कहाँ गर्नु के नव चेतन हुने उजागर र्
पर्खि कही साथी मृत्यु बस्नु कती गर्नु यो दुारग्रह

मेरो लासमा

लासका भीडमा पाउछौ तिमी
मेरै लास कात्रोमा
हाँसिरहेको चित्कार

खुला खुला आँखा
भावबिभोर मनमा
पोखिरहेछ रिस
समाजमा देशमा
आफन्त र परिवारमा

107A8B6D-FFAF-4354-A6D2-966F787EBD25

रूप प्रियसीको

कात्रै को रुप भयौ तिमी
साथ ली हिडी रहेछौ
जिन्दगी भाकेर पासो गर्दन
तिमी कसी रहेछौ

के भनुँ म प्रियसी
के भनुँ म प्रीत
नाम उसैको ली
मलाई रेटी रहेछौ

जीवन रहित जीवन

मर्दै छु म लास भयर
शुभाष बिहिन चाह भयर
गरी रहेछु समर्पण
जीवन यो तार तार भयर

जागा छन आँखाहरु
दुखछ मन प्यार भयर
उहापोह भोगी रहेछु
जीवन यो वर्वाद भयर

निस्वार्थी म पाऊँ कहाँ ?

मेरो दुखमा खुसी हुने
के जिन्दगीको कुरा गरुँ
इर्षा द्वेश डाह बोल्छ
के बाणी म मधुर बोलुँ
जग के हो के रीत भो
शान्ति खोजौं अब कन्हाँ
स्वार्थ प्यारो सबको
निस्वार्थी म खोजौँ कहाँ

विच(beach) मा

नग्नता भरिएको बिच्(beach)को यो सौन्दर्यता
रम्न बसेको छु, म हेर्दै छालको ब्यग्रता
बहाउ झैं गर्छ छोइ पाउसम्म छाल्
नीलिमाबाहिर चाँदनी छ टम्म जाल्

कुरूपता

नहेरूँ भन्छु यो कुरुपता
देशको अस्तव्यस्तता
पलायन छन् युवकहरू
बृद्धाको कारुणकता

व्याभिचारमा बाँचेका छन् राज्य
यसका सञ्चालकहरू
मासेर कानून र न्याय
लिएका छन् राक्षसी संकल्पहरू

असहाय नारी पिडा

सुख पनी छ दुख पनी छ
जीन्दगी कहर पनी छ रहर पनी
छ हिजो
भोली छ
मन भरी फुल र
गोली पनी छ
छ नरम बिस्तर हरु
काँडा , सुल हरु पनी छ
चेतन अचेतन दोष मन्का
प्रीती फुल्ने रंग छ
यस्तै कुरुप जीन्दगी
न बुझिने ढङ पनी छ
कहिले दङ
नौ रङ छ
खिल्चन यादमा नब रंग पनी छ
बेहोसी मन कोई साथी संग छ

यातनका संग योवन को मर्दन
छिया छिया छाती
जल्दो रैछ जलन
साथ छाडछन सबै जन
मधुमया हुन्न किन सब दीन ?

राजनीति

दिलमा पनि धार रहेछन्
नीति राजका वार रहेछन्
छलौं भनी बोल्न खोज्दा
रोक्छ मुटु जोड पर्दा

घटाउ जोड के के पो हुन्छ
आफ्ना पराया मोलतोल हुन्छ
विकास आफ्नै किन हो सोच्ने
लुच्चो जाली सब धर्म छोडने

आसन्न समय

चुँदिएका हुन्की झुन्डिएका मन अँध्यारो पोखिरहेछन्
उज्यालोका छिर्काहरू बदनदेखि टाढा भैरहेछन्
असरल्ल सोचहरू खोज्छन धृढताहरू
प्यासो मन बचन कर्मका खोजिरहेछन् लेखाहरू
टुस्साउनन किन पालुवा मन कम्जोर भएछन
दिने कस्ले त्यो ढाढस दिने चुप बोल्दैनन्

नांगो बादशाह हेरिरहेछन्

आज शून्यताका भार छन्
न्यायलय शून्य छ
जितौं कि हारौं
हनुमान बनेको छ दलको

राजनीति दलगत न्यायलय दलगत
छैन दृष्टि बृहत
पंगु छ अस्तव्यस्त
चेतना बाहिरिंदै छ

न झुकौं

आज झुके नेपाली सधैं झुक्नु पर्ला
पुर्खा अर्जित नेपालित्व पनी डुब्ने होला
ज्यानमारा दास बृती मा राष्ट्रा के पो रहला
जाग अब सुते जती सन्तान खुसी होला

यो प्रेम भनेको

तिमी एक्लै म एक्लै
हामी एक्ला एक्लै
माया गरी गरिरहेछौ
हो कि होइन छुट्ट्याउने कस्ले
हामी भाखा फेरिरहेछौ
देख्नेले देख्छन
हेर्छन आँखाहरुमा