चुँदिएका हुन्की झुन्डिएका मन अँध्यारो पोखिरहेछन्
उज्यालोका छिर्काहरू बदनदेखि टाढा भैरहेछन्
असरल्ल सोचहरू खोज्छन धृढताहरू
प्यासो मन बचन कर्मका खोजिरहेछन् लेखाहरू
टुस्साउनन किन पालुवा मन कम्जोर भएछन
दिने कस्ले त्यो ढाढस दिने चुप बोल्दैनन्
निर्मोही ती आँखाहरू मोह बोकी ल्याउनन्
खोज्छन अमर अजर प्रेम जो माया लाउन जान्दैनन
माया खोज त्यागमा खिल्छ सुन्दर फूल
नबोके आडम्बर ती जीवनका भूल ।
