Skip to content


तिमी एक्लै म एक्लै
हामी एक्ला एक्लै
माया गरी गरिरहेछौ
हो कि होइन छुट्ट्याउने कस्ले
हामी भाखा फेरिरहेछौ
देख्नेले देख्छन
हेर्छन आँखाहरुमा
हावभाव हरुमा
आ आफ्ना विचारमा
तल्लिन छन तीनीहरू पनि
आ-आफ्नैं परिवेशमा

हाम्रो माया किन तान्थियो र तिनलाई
माया त छलाव हो एक अर्कालाई भुलाउने
पगाल्ने
गलाउने
र पुरुष स्त्रीको मिलनको
चाहको
आहको
दर्दको
बाँहमा बाँहको
मिलनको
सारको
हारको
जीवन लाग्छ
तयार भो

प्यारहरू बात हुन कि
यी जज्वात हरुको
केही बुझेको
केही न बुझेको
आ आफ्ना पथमा
आ आफ्ना जगमा भुलिरहेको
भोग हो भोगिरहेको
जोग हो छट्पटिरहेको
शुन्यबाट शुन्य झिकेको
थपेको
निष्कर्ष छ शुन्य नै
यो प्रेम भनेको
यो प्रेम भनेको !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *