narayan pokharel
को देखछ घाउ
को देखछ घाउ यो मुटु भित्र लुकेर वसेको
यही सत्य आज तिमी लाई भने मन्मा गडेको
म संग छ बेदना ठुलो अन्तरमा बसेको
न जर तिम्रो परेको छैन चेत छ लुकेको
सबैले खोज्छन गुलियो संसार जलप्ले बेरेको
को हेर्छ नागो यो मन मात्र मायामा अडेको
के मागों म के दीन्छौ तिमी संयोग परेको
उस्तै छ कि यही दील जस्तो वीरह फलेको
फक्रेर बस्न न पाइ घाम बादल्मा परेको
हास्न्लाई खोज्दा मुहार सारा आँशु मा डुबेको
बोल्न लाई खोजें यो मन भित्र उठेको वेदना
छातिमै अड्को निस्केन बाहीर भन्न लाई आटेको
को देखछ घाउ यो मुटु भित्र लुकेर वसेको
यही सत्य आज तिमी लाई भने मन्मा गडेको
आत्मा पिंजर यो कल्पन्छ
नारी भन्दीन स्वास्नी मान्छे के सब अडीयल हुन्छन
मुर्ती दयाका करुणा सागर न चट्पटिने पहरो हुन्छन
लेखथें कबिता कोमल कुसुम करुणाकि ती नारी मुर्ती
सलल बग्ने कन्चन सरिता ममता मयी सौस्य धर्ती
आज गड गड कालो बादल मडारिइ मडारिइ ती बर्षन्छिन
उर्ली खहरे सब मसल्दै ती चट्याङ झैं रन्किन्छीन
दुर बसौं वा जाओं नजिक थर थर कम्पन सब थरकन्छ
धसी खरानी हूं की जोगी आत्मा पिंजर यो कल्पन्छ
छैनन के वलिदानी ?
आधुनिक्ता छाइ रहेछ मन्मा ब्याप्त चाह हरु
पुराना मुटु काँपी रहेछन छरीएछ आह हरु
देश चल्दैन सोचदछन उही रसातल तीरै गै रहेछ
नेताहरु मोजमस्ती सत्ता भोर जुवा भै रहेछ
नांगा छौ माँगी खान्छौं पुर्खा इज्जत बेची रहेछौ
स्वाभिमान बन्दक राखी. हामी किन बाँची रहेछौं
विपद हाम्रो घर ऑगन सिर्जना सकेनौ फुलाउन
छैनन के वलिदानी यो देश आज वचाउन
मधुमय प्याला
कालो भ्रमर टप्प बसेको
दाना सुन्दर झन खिलेको
ओठ लाली थर थर गर्छ
जल तप तप ओठै भर्छ
मन्मा राग आउँछ तुफान
जिँउदो हुँ बने चिहान
मुर्तझैं तिनको शैली
रूग्ण भो जीवन वैली
मधुमय जिवन त्यो क्षण मेरो
मधुमाया मा छायो अंधेरो
खुरु खुरु कुद्धै सखी ती वाला
लागीन साथ ती मधुमय प्याला
जीवन पथमा यस्ता चित्र
भावुक मन हुन्छ बिचित्र
अमृत तुल्य घुटको म पिँउछु
याद उन्कै म सम्झन्छु
दील रमाउछ
चाँद छौ कन्हा मन्मा झुल्की रहेछौ तिमी
अंध्यारो छ चौ दीस तर मन्मा छौ तिमी
संपुर्णता जून हौ तिमी अंध्यारै मा झुल्कनछौ अनी
सर्बत्र देख्छु त्यो तिमी नै तिमी हौ मनकी धनी
मुस्काउँछ धर्ती आकास मुस्काउँछ
बदनमा गुँरास झैं रुप तिम्रो झल्मलाउछ
मन मा हुन्छ आँधी शान्ति तर मुस्काउँछ
प्रिय छौ र त चारै तीर दील यो रमाउँछ

म छोट्टिदै छु