नारायण पोखरेल

ढुकढुकी

भनिदेऊ न तिम्रो पनि बढ्छ ढुकढुकी
मेरै जस्तो राग छ कि छैन प्रीति रती

तिमी हाँसे हिमाल झैं मन मेरो हाँस्छ
दुख पीडा मनका सारा तिमी देखे भाग्छ
नयाँ लहर नयाँ जोश नयाँ जाँगर फल्छ
निभ्दो बत्ती चम्किएर आभा नयाँ दिन्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आजको परिस्थिति

मन मरेको मान्छे
अर्ध मुर्छित म मान्छे
जिउनु मर्नु को दोसाँध
म बाँचिरहेको मान्छे

चिसिएर हिउँ भएको म
बाफिएर शित भएको म
हर बिन्दुमा चिप्लिएर्
हर बिन्दुमा अडकिएर अचम्भित म

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

के कुरा गरुँ

उदास मनका के कुरा गरुँ ती प्रेमका के कुरा गरुँ
जलन यो छाती भरीको बोकी म तिम्रो के कुरा गरुँ
जली रह्यो हृदय जो त्यो हृदयको के कुरा गरुँ
जलाई दील दुर भयौ त्यो दुरताको के कुरा गरुँ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दुई टुक्रा !

यसै याद सताइ रहन्छ तिमी आयनौ
मुहार त्यो बल्छ धप धप तिमी छायनौ
मुटु भित्र रुप तिम्रो चल्छ धुक धुकि
मुस्कायर बडछ माया सधैं माधुरि

+++++++++++++++++++

तिमी खोजी बसें रहें कहिले आउने होला
मेरा मिठा भावनामा कहिले छाउने होला
अंगालो मा बाँधी कहिले साथ हुने होला
तृसना का ओठ हामी कहिले चुम्ने होला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मन

मन त मन हो प्रिय ठोकिन सक्छ
बसी पास तिम्रो बल्झन सक्छ
नयन्का ती तिम्रा भाखा सर्माउछन किन
अबत माया पनि त पलाउन सक्छ

हेर्दै बेहोस छु ओठ लप्लपाउछ
नयन्कै तीर मुटु घोची रहेकै हुन्छ
न जाउ टाढा। फुटाइ यो मुटु
किन हो तिमी मै अल्झी रहेको हुन्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ईच्छा

ए मन वोलाऊ तिमी लाई कसरी म भित्रै रमेकी छौं
तरंगमा हुन्छौ कतै मलाई नै छाडेकी छौ
खोजी न सक्नु भै सकेऊ के के रोजी हिडदछौ
सक्ती न वुझी आफनो ईच्छा लाखा धरदछौ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

युवा चाह

आगो सक्छु म उकल्न
सक्छु क्रान्ती म छर्न
म युवक हो रिड हो म देशको
म सक्छु सब बदल्न

खान्छु मुटु अब दुष्ट को
फेर्दीन्छु नजर फिरङी को
म गर्छु वार अब
देशको बन्छु म सार अब

हेर रक्त्त उम्ली रहेछ
ज्वाला पनी भडकी रहेछ
नास्छु अब देश शत्रु त
जुका चुस्ने रक्त्त त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मन

उडछ मन गुडछ मन
कहाँ कहाँ पुग्छ
चञ्चल चपल मन
यता-उता कता-कता छरिन्छ
हेर्दाहेर्दै कता गई अडिन्छ
कहिले आँखापछि, कहिले बोलीमा
मर्छ कहिले योवनाको लोलीमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अभाव

सुन्य भइ रहेछ मन तिमी बसेर हो कि
सुन्य भइ रहेछ मन तिमी नभयर हो कि
अवाक भाई रहेछ मन तिमी न देखेर हो कि
यसै मरे झै छ मन तिमी न बोलेर हो कि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ईतिहास

ईतिहास लिपिबद्ध छ
उठेर सोध्दैन खोज्दैन
गलत लेखहरू होइन भन्न सक्त्तैन
मारकाटका ती विविध पटाक्षेपहरू उठाउन सक्दैन
किन्चित उसको धरातल लेखको लेखनीमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •