Skip to content

nistej

गजल (दसैं-तिहारको रमझम)

दशैं-तिहारको रमझम सहरमा छाईरा’को छ
भुवन आफ्ना पुराना बूट नै चम्काईरा’को छ

बिहानैदेखि नै मान्छे यहाँ झोक्राईरा’को छ
खुसीको तिर्सना गोरु बनाई दाइरा’को छ

म निकाल्न दिन्न हावाबाट बिजुली

खबरदार!
म निकाल्न दिन्न
हावाबाट बिजुली!!

यो हावा मेरो पनि हो
त्यसरी नै
जसरी पानी पनि थियो मेरो
र यो धर्ती पनि थियो मेरो
तिमीले पानीबाट बिजुली निकाल्न सिक्यौ

घोषणा पत्र

यसपाली म चुनावमा जितीगए जाने थियौ कोरिया
आऊ लौन जिताऊ जे जसरि नि हो चिन्ह नि ‘तोरियाँ’
मेरो चिन्ह परेछ लौ बहुमुखी क्या लाभदायी अहो
तरकारी भुटुवा बनाउनु नाता पोलेर चटनी कसो!

गजल

अँधेरीमा पूर्णेको जुन बन्न सिक काली
पित्तल हैन एक नम्बरी सुन बन्न सिक काली

उठ्दा बस्दा यो धर्तीमा श्रमको जाल बुन्दै
सिरेटोमा मखमली ऊन बन्न सिक काली

गुराँसमा रंगिएर बसन्ती बन भित्र