दशैं-तिहारको रमझम सहरमा छाईरा’को छ
भुवन आफ्ना पुराना बूट नै चम्काईरा’को छ
बिहानैदेखि नै मान्छे यहाँ झोक्राईरा’को छ
खुसीको तिर्सना गोरु बनाई दाइरा’को छ
लिई गोजी भरी पैसा हिजै गा’थ्यो लुगा किन्न
त्यति पैसा भए रुमाल मात्रै पाईरा’को छ
थियो सल्लाह डाक्टरको लिनू आहार ‘न्यूट्रीसस्’
हजूर याँ माँड नै पाएन मेरो पेट गाना गाईरा’को छ
टीका-जमरा, मिठो खाना अनि त्यो दक्षिणा भेटी
दशैंको भूतले निस्तेज मन तर्साईरा’कोछ ।
निस्तेज
धनगढ़ी
http://sabhasahitya.blogspot.com/2012/10/blog-post_19.html
