Skip to content

यसपाली म चुनावमा जितीगए जाने थियौ कोरिया
आऊ लौन जिताऊ जे जसरि नि हो चिन्ह नि ‘तोरियाँ’
मेरो चिन्ह परेछ लौ बहुमुखी क्या लाभदायी अहो
तरकारी भुटुवा बनाउनु नाता पोलेर चटनी कसो!

तरकारी हरियो अति असल यो खानी भिटामिनको
यसमा छाप लगाऊ हे सुजन हो हौ स्वस्थ आँफै कसो
भोट मात्रै तिमि देउ हे नगरका हे गाँउका सज्जन
नाँउ नोट गरि सकल्का बाँकी रह्यौ खै कुन ?

पुलि छैन भनि सुने भन् सखे तर्छु नदि के गरि
यसपाली बुझियो कुरा गहकिलो खान्न्चु कसम यै घरि
पैले झैं अब बिर्सिइन्न पुल यो बन्ला यसै सालमा
मात्रै एक मद्दत गरे हजुरले निर्वाचनी कालमा ।

नेपालीहरु काममा अति असल भन्दैछ रे कोरिया
लावा लस्कर यो पठाउँछु त्यतै सम्झे फगत तोरियाँ
गण राष्ट्रिय गाउने अब मा झैं सर यहीं बस्तछौँ
बाँकी जाउ कतार या अरब या त्यै कोरिया भेज्दछौँ ।

जितें मात्र भने चुनाव रणमा निश्चित छ मन्त्री हुनु
मन्त्री के म भएँ अनि हजुरले चिन्ता छ के को लिनु
यै हो गूढ रहस्य हे सुजन हो यो राम्ररी बुझ्दिनू
आफ्नो नेक भविष्य को मन भए भोट तोरियाँमा दिनू ।

(संविधान सभा निर्वाचन सम्बन्धि जनचेतना जगाउने उद्देक्षका साथ्
शुक्लाफाँटा एफ एम ९९.४ ले गराएको रेडियो कविता गोष्ठीमा वाचन गरिएको कविता । )

1 thought on “घोषणा पत्र”

  1. धेरै छन्दभङ्ग भएको हुनाले यो
    धेरै छन्दभङ्ग भएको हुनाले यो कबिता खल्लो लाग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *