बैगुनीको गाउँमा आएर के भो फाइदा
बिर्सिएको घाउ कोट्याएर के भो फाइदा
भुल हो मायाँ भनी जो भन्छ पश्चातापले
यादमा उसकै गजल गाएर के भो फाइदा
यो खुशी मैले दिएँ मैले भनेको नै त हो
फर्कि–फर्की बात बल्झाएर के भो फाइदा
जान्छु भैगो आज मैले थाल्दछु नौलो कथा
घात मिल्ने ठाउँमा आएर के भो फाइदा
भो कथा ‘निस्तेज’ भत्रे गर्छ साउनको झरी
घात मिल्ने ठाउँमा आएर के भो फाइदा

hi gajal is good.
hi gajal is good.