Skip to content

palpali

मनका बेदना।।

यो नेपालि पास्पोट उचालि बिदेश तिर लम्कियो।
हन्डर खाइ दु:ख पाइ बिदेश देखि चम्कियो।।

जता-ततै बालुवै बाल्लुवा हरियालि देखेन।
नेपालिको जिन्दगिमा शुख कहिले लेखेन।।

५५डिर्गिको घाम सहदै मिठा-मिठा सप्ना बुन्दै।
दिन बिताउछ नेपालिले बिदेशिको गालि शुन्दै।।

जन्मभुमि छोडि हिड्यो गरिबि र अशान्तिले जरो गाड्दा।
मुटुभित्र ज्वाला छुट्छ नेपालिलाइ हिन्दु भनि घिर्णा गर्दा।।

कति बस्ने योखाडिमा अब हामि स्वदेश फर्कौ नेपाल आमा गर्छिन सलामि।
कुटो खनौ हलो जोतौ स्वदेशमै बगाउँ पसिना बिदेशिको नगरौ गुलामि।।

गोबिन्द प्रसाद न्यौपाने”पाल्पालि ठिटो”
जल्पा ५ पाल्पा नेपाल
हाल: के.एस्.ए.मरुभुमि।

नेपालमा जातजातिको उत्पति कसरी भयो? छोटो जानकारी

नेपालमा प्रचीनकाल अथवा किराँतहरूको शासन कालसम्म पनि जातीय छुवाछुत प्रथाको शुरुवात भएको थिएन । किराँतकाल भन्नाले ई. पु. ५०८ देखि ११००सम्मको अबधिलाई मानिन्छ ।

सकिन

समयले पाटो फेर्दा तिम्रो पछि कुद्न सकिन।
हावासरि उड्ने त्यो मन्को कुरा बुझ्न सकिन।।

कस्तो चलन आयछ चप्पल सरि केटा फेर्ने।
अर्कैको अंगालोमा देख्दा तिम्लाइ बोल्न सकिन।।

पागल प्रेमि जस्तै भाको थिय तिम्रो मायामा।
सातसमुन्द्र तर्दा पनि तिम्रो छाया भुल्न सकिन।।

नियतिले ढगेपछि पात बिनाको रुखझै भय।
कोपिलामै ढल्यो जिबन गुलाबझै फुल्न सकिन।।

गोबिन्द प्रसाद न्यौपाने
जल्पा ५ पाल्पा नेपाल
हाल के.एस.ए. बाल्वाटार

झुटो प्रेम

प्रेम प्रस्ताब राखिन उन्ले चोखो माया लायँ मैले!
उन्को इच्छा पुरागर्न पैलो चुम्मन खाँया मैले!!

कलेज जाने बाहानामा सिनेमाहल गैयो सधै!
बिचबाटो मै छाडिन उन्ले सारै दु:ख पायँ मैले!!

सातै जुनि सगैँ जिउने मन्दिरमा कसम खाको!
अन्तै बस्यो घरबार उन्को मर्न खोला धायँ मैले!!

एकै पल ढिलाभय केभो गोबिन तिम्लाइ भन्थि!
छोडे पछि उन्ले साथ मेरो सपनि मै गायँ मैले!!

गोबिन्द प्रसाद न्यौपाने
जल्पा ५ पाल्पा नेपाल
हाल के.एस.ए. बाल्वाटार