गाउबेंसी सुन्य भा’छ तिम्ले गाउन छाडेपछि।
हाटबजार सारा बन्द भए तिमी आउन छाडेपछि।।
बाटो मिड्यौ साथ छोड्यौ उजाड भयो जिन्दगी नै।
दिनरात छुट्याउनै सक्या’छैन माया पाउन छाडेपछि।।
कति मिठो स्वरमा भन्यौ माया प्रेम केही होइन ।
दियौ धोका छुट्यो साथ देउराली धाउन छाडेपछि।।
स्वच्छ हाम्रो पिरतीलाइ धनको तराजुमा जोख्यौ।
पागल जस्तै भाकिरैछेउ धन पाउन छाडेपछि।।
गोबिन्द प्रसाद न्यौपाने
जल्पा ५ पाल्पा नेपाल
हाल के.एस.ए. बाल्वाटार