Skip to content

गोबिन्द प्रसाद न्यौपाने (पाल्पाली ठिटो आँशु)

मनका बेदना।।

यो नेपालि पास्पोट उचालि बिदेश तिर लम्कियो।
हन्डर खाइ दु:ख पाइ बिदेश देखि चम्कियो।।

जता-ततै बालुवै बाल्लुवा हरियालि देखेन।
नेपालिको जिन्दगिमा शुख कहिले लेखेन।।

५५डिर्गिको घाम सहदै मिठा-मिठा सप्ना बुन्दै।
दिन बिताउछ नेपालिले बिदेशिको गालि शुन्दै।।

जन्मभुमि छोडि हिड्यो गरिबि र अशान्तिले जरो गाड्दा।
मुटुभित्र ज्वाला छुट्छ नेपालिलाइ हिन्दु भनि घिर्णा गर्दा।।

कति बस्ने योखाडिमा अब हामि स्वदेश फर्कौ नेपाल आमा गर्छिन सलामि।
कुटो खनौ हलो जोतौ स्वदेशमै बगाउँ पसिना बिदेशिको नगरौ गुलामि।।

गोबिन्द प्रसाद न्यौपाने”पाल्पालि ठिटो”
जल्पा ५ पाल्पा नेपाल
हाल: के.एस्.ए.मरुभुमि।

नेपालमा जातजातिको उत्पति कसरी भयो? छोटो जानकारी

नेपालमा प्रचीनकाल अथवा किराँतहरूको शासन कालसम्म पनि जातीय छुवाछुत प्रथाको शुरुवात भएको थिएन । किराँतकाल भन्नाले ई. पु. ५०८ देखि ११००सम्मको अबधिलाई मानिन्छ ।

सकिन

समयले पाटो फेर्दा तिम्रो पछि कुद्न सकिन।
हावासरि उड्ने त्यो मन्को कुरा बुझ्न सकिन।।

कस्तो चलन आयछ चप्पल सरि केटा फेर्ने।
अर्कैको अंगालोमा देख्दा तिम्लाइ बोल्न सकिन।।

पागल प्रेमि जस्तै भाको थिय तिम्रो मायामा।
सातसमुन्द्र तर्दा पनि तिम्रो छाया भुल्न सकिन।।

नियतिले ढगेपछि पात बिनाको रुखझै भय।
कोपिलामै ढल्यो जिबन गुलाबझै फुल्न सकिन।।

गोबिन्द प्रसाद न्यौपाने
जल्पा ५ पाल्पा नेपाल
हाल के.एस.ए. बाल्वाटार

याद आइरहेछ पाल्पा

प्रकृति, कला र संस्कृतिको धरोहर पाल्पा
मनोहर पर्यटकीय स्थलहरूको वरदान पाल्पा
गगनचुम्बी हिमशीखरहरूको अवलोकनस्थल पाल्पा
करुवा र ढाका टोपीमा सुप्रसिद्ध पाल्पा
प्रवित्र कालीगण्डकीद्वारा आलिङ्कित पाल्पा
चुरे र महाभारत श्रृङ्खलाको संगमस्थल पाल्पा
हरिया पहाड र मलिला फाँटहरूको समिश्रण पाल्पा
अलौकिक हावापानीको धरतीटुक्रा पाल्पा
सामुदायिक वनहरूमा अग्रणी पाल्पा
अपार वन्यजन्तुहरूको वासस्थान पाल्पा
अमूल्य जडीबुटी र खनिजहरूको भण्डारण पाल्पा
सांस्कृतिक जैविक विविधताले भरिपूर्ण पाल्पा
स्रष्टा र होनहार व्यक्तित्व जन्माउने पाल्पा
शालीन, सुशील र विनयी जनको पर्याय पाल्पा

झुटो प्रेम

प्रेम प्रस्ताब राखिन उन्ले चोखो माया लायँ मैले!
उन्को इच्छा पुरागर्न पैलो चुम्मन खाँया मैले!!

कलेज जाने बाहानामा सिनेमाहल गैयो सधै!
बिचबाटो मै छाडिन उन्ले सारै दु:ख पायँ मैले!!

सातै जुनि सगैँ जिउने मन्दिरमा कसम खाको!
अन्तै बस्यो घरबार उन्को मर्न खोला धायँ मैले!!

एकै पल ढिलाभय केभो गोबिन तिम्लाइ भन्थि!
छोडे पछि उन्ले साथ मेरो सपनि मै गायँ मैले!!

गोबिन्द प्रसाद न्यौपाने
जल्पा ५ पाल्पा नेपाल
हाल के.एस.ए. बाल्वाटार