Skip to content

sujanseling

लोकतन्त्र

त्यो देशको मान्छेले
बिचार राख्दा,
बिचार लिदा,
विचारमा हिँड्दा,
बिचारका कुरा किन्दा, बेच्दा,
उसले स्वतन्त्रता पाउँछ,
हो त्यो हो लोकतन्त्र ।

चाँद बनेर टल्किदिन्छ्यौ

तिमीले जुन मागेकी थियौ, मैले पूर्णिमा रोजी दिएँ,
अनि त तिमी मेरो रातहरूमा, चाँद बनेर टल्किदिन्छ्यौ ।

तिमीले घाम मागेकी थियौ, मैले उज्यालो रोजी दिएँ,
अनि त तिमी मेरो दिनहरूमा, बिहानी भएर झुल्किदिन्छ्यौ ।