सुजन सेलिङ
चरीभाङ्गे
हौ साईला !
आजकाल तिम्रो यादमा
एकोहोरिन्छ चरिभाङ्गे
हेर्छ वारेबुङ् कोक्मालाई टोलाएर !
सातथुम्केको उभै उभो फालेलुङ काटीजादा
कतै भुल्यो कि चरीभाङेलाई ?
सेगेवाको गड्तीर हुँदै
इँवा खोलाको तीरै तीर उधो
तमोर हुँदै मुग्लान् भासिन्दा
कतै भुल्यो कि चरीभाङेलाई ?
आजकाल तिम्रो यादमा
एकोहोरिन्छ चरिभाङ्गे
हेर्छ वारेबुङ् कोक्मालाई टोलाएर !
एउटा लिम्बुवानी गीत -“जय लिम्बुवान “
आमाले पोतेको घर हो -लिम्बुवान
बिरताले रोपेको थर हो -लिम्बुवान
बाबाले जोतेको माटो -लिम्बुवान
पुर्खाले खोपेको बाटो -लिम्बुवान
जय,जय,जय,जय -लिम्बुवान
पश्चिम अरुण सुसाउछ, पूर्व फालेलुङ
दक्षिणमा माई बग्छ, उत्तर मुकुम्लुङ
ए…है…..लिम्बुवानको ढाका टोपी
हिमाल सेसेलुङ, हिमाल फक्ताङ्लुङ
आमाले पोतेको घर हो -लिम्बुवान
बिरताले रोपेको थर् हो -लिम्बुवान
जय,जय,जय, जय -लिम्बुवान

शयौं कोसिस गर्दा पनि,