Skip to content

सुजन सेलिङ

SujanSeling-03

फूलको मृत्यु !

फूल आफू
खोसिन्छ,चिमटिन्छ,चुटिन्छ -हाङ्गाबाट

मान्छेको लागि धागोमा उनीन्न्छ,
प्रेम जोडिदिन्छ
सम्बन्ध जोडिदिन्छ ।

फूल आफू मरेर
मान्छेको जन्मोत्सब/विजयत्सब मनाउछ,
भाइटिकामा दाज्युभाइको गलामा माला बन्छ,
पूजाका थाली कलश र मूर्तिमा सजिन्छ,
मान्छेका अन्तिम यात्रामा श्रध्दा सुमन् बन्छ ।

सम्झिरहुला

तिमीलाई हेरेर
कहिल्यै नथाकेका आँखाहरू छन् मसँग
सायद यसैलाई भन्छन् -अन्धो प्रेम !
तिमीलाई दिएर
कहिल्यै नरित्तिएको मायाको मुहान मुटु छ मसँग
सायद यसैलाई भन्छन् -एकोहोरो माया !!
तिमीलाई सम्झेर
कहिल्यै नसकिने सम्झना बोक्ने कलेजि छ मसँग
सायद यसैलाई भन्छन् -अबिरल सम्झना !!

सायद मैले कविता लेख्दिन थिए हुला –

आमाको चोली नफाटेको भए
बाबाको घुडा नटालेको भए
साहुले गोठबाट हलगोरु र लैनो भैशि ब्याजमा नतानेको भए
फाटेको लुगा र चुटेको चप्पल् लाएर स्कुल् नगएको भए
हाम्रो टारबारी बन्दकीमा नपरेको भए
सायद मैले कविता लेख्दिन थिए हुला ।

अनुभव

उक्लदै नऊक्लेको
उकालोको के कुरा गर्छौ ?
एक खँगी
कुखुराको भाले-पोथी बोकेर
सयौ पटक
फालेलुङ्को ठुलो घ्याङ र सानो घ्याङ
उकालो उक्लने
मनबिरे र तनबिरे काकाहरुलाई सोध
साचो जिन्दगीको उकालो के हो ? भनेर ।

10646712_10201578488943889_5727621874368402519_n

जीत

आफैलाई
अनेक पटक हराएर
एक पटक जितेको जिन्दगी
ऊ विजय उत्सव मनाउदै
मौन् जुलुस निकाल्छ
आफ्नो संघर्षशील जीवनको सडकहरुमा ।
थुप्रै मालाहरू उन्छ
गलाभरि पहिरिन्छ ।

चरीभाङ्गे

हौ साईला !
आजकाल तिम्रो यादमा
एकोहोरिन्छ चरिभाङ्गे
हेर्छ वारेबुङ् कोक्मालाई टोलाएर !

सातथुम्केको उभै उभो फालेलुङ काटीजादा
कतै भुल्यो कि चरीभाङेलाई ?
सेगेवाको गड्तीर हुँदै
इँवा खोलाको तीरै तीर उधो
तमोर हुँदै मुग्लान् भासिन्दा
कतै भुल्यो कि चरीभाङेलाई ?
आजकाल तिम्रो यादमा
एकोहोरिन्छ चरिभाङ्गे
हेर्छ वारेबुङ् कोक्मालाई टोलाएर !

एउटा लिम्बुवानी गीत -“जय लिम्बुवान “

आमाले पोतेको घर हो -लिम्बुवान
बिरताले रोपेको थर हो -लिम्बुवान
बाबाले जोतेको माटो -लिम्बुवान
पुर्खाले खोपेको बाटो -लिम्बुवान
जय,जय,जय,जय -लिम्बुवान

पश्चिम अरुण सुसाउछ, पूर्व फालेलुङ
दक्षिणमा माई बग्छ, उत्तर मुकुम्लुङ
ए…है…..लिम्बुवानको ढाका टोपी
हिमाल सेसेलुङ, हिमाल फक्ताङ्लुङ
आमाले पोतेको घर हो -लिम्बुवान
बिरताले रोपेको थर् हो -लिम्बुवान
जय,जय,जय, जय -लिम्बुवान

नयाँ साल

भित्तामा झुड्याइएको
साह्रै लोभ लाग्दो एउटा -क्यालेन्डर्
झिकेर फ्याकी दिए हिजो
नयाँ बर्ष मनाउने निहुमा,
त्यहा अर्को एउटा झुन्डियो -नयाँ क्यालेन्डर् ।

बल्ल पो थाहा पाए
मैले त साह्रै लोभ लाग्दो
मेरो आफ्नै एउटा बसन्त
मबाटै झिकेर फ्याकी दिए छु ।
बेहिसाब बिरक्तिए म !!

१ जनवरी २०१४

तितो यथार्थ – देशको

निकै पुरानो कुरा
देशले सिंहहरू पालेको थियो
तिनीहरू
काँचो मासु खान्थे -जनताको,
१०४ वर्ष ।

हिजो अस्तिसम्म
देशले सेतो हात्ती पालेको थियो
उसले जनताले खाने खाना सबै खान्थ्यो,
१३७ वर्ष ।

आभास

कालो बादलको
मुस्लो च्यातेर
जब
मरुभूमिको आकाशबाट
बोइङ्हरु अवतरण हुँदै गरेको देख्छु,
तब लाग्छ
देशका ती कलंकीत भ्रस्टहरुले
भाग्य खोसिदिएका
ती अभागी सपनाहरुको
फेरी अर्को बिस्कुन सुक्ने भयो ।

पेण्डुलम् जिन्दगी

तुन्द्रुँग झुन्डिएको
भीरको चिण्डो जस्तो जिन्दगी !
न उभो जान सकोस्,
न उधो झर्न सकोस्,
पेण्डुल म झुण्डिरहयो
भित्ते घडीको सेकेण्ड काटा जस्तो
एउटा बडेमानको भित्तामा -बर्सौ वर्ष ।

हाम्रो भेट भयो

यसर्थ
बेहिसाब खुशी छु
हाम्रो भेट भयो,
यस्तरी भेट भयो
कि
कहिलै नछुटौ झै भेट भयो ।
तर
बेस्सरी दुखी पनि छु,
किन कि
समयले एक भञ्ज्याङ काटेपछि भेट भयो ।