Skip to content

sujanseling

SujanSeling-03

फूलको मृत्यु !

फूल आफू
खोसिन्छ,चिमटिन्छ,चुटिन्छ -हाङ्गाबाट

मान्छेको लागि धागोमा उनीन्न्छ,
प्रेम जोडिदिन्छ
सम्बन्ध जोडिदिन्छ ।

फूल आफू मरेर
मान्छेको जन्मोत्सब/विजयत्सब मनाउछ,
भाइटिकामा दाज्युभाइको गलामा माला बन्छ,
पूजाका थाली कलश र मूर्तिमा सजिन्छ,
मान्छेका अन्तिम यात्रामा श्रध्दा सुमन् बन्छ ।

सम्झिरहुला

तिमीलाई हेरेर
कहिल्यै नथाकेका आँखाहरू छन् मसँग
सायद यसैलाई भन्छन् -अन्धो प्रेम !
तिमीलाई दिएर
कहिल्यै नरित्तिएको मायाको मुहान मुटु छ मसँग
सायद यसैलाई भन्छन् -एकोहोरो माया !!
तिमीलाई सम्झेर
कहिल्यै नसकिने सम्झना बोक्ने कलेजि छ मसँग
सायद यसैलाई भन्छन् -अबिरल सम्झना !!

सायद मैले कविता लेख्दिन थिए हुला –

आमाको चोली नफाटेको भए
बाबाको घुडा नटालेको भए
साहुले गोठबाट हलगोरु र लैनो भैशि ब्याजमा नतानेको भए
फाटेको लुगा र चुटेको चप्पल् लाएर स्कुल् नगएको भए
हाम्रो टारबारी बन्दकीमा नपरेको भए
सायद मैले कविता लेख्दिन थिए हुला ।

20180818_PrakashDipsaliRai-01

युद्धले भुलेको बाँकी युद्ध’ लड्ने साहसी कवि सुजन सेलिङ् 

लगभग २०६९ सालदेखि पाँचथरका श्रष्टाहरूसँग निक्कै हिमचीम बढाइयो । जो अहिले पनि निरन्तर छँदै छ, यसको मतलब सबै जनासँग भने हैन । किनकि त्यहाँका धेरैलाई त व्यस्तता वा आफ्नै कारणले भेट्न र हिमचिम बढाउन पाएको छैन । मैले जानेको त्यहाँ नेपाली साहित्यको प्रयोगको अथाहा भण्डार हो । उत्रवर्ती सोच, रंगवाद नै भनौं अनि त्यहाँका श्रष्टाहरू साह्रै क्रियाशील छन् । उनीहरू जहाँ जहाँ हुन्छन् आफ्नो सक्रियता देखाई हाल्ने । पछिल्लो पल्टका आयामहरूमा पनि प्राय उनीहरूकै संग्लग्नता रहेको छ । तेश्रो आयामदेखिकै कुरा गर्ने हो भने पनि बैरागी काईला, शृजनशील अराजकतावादी धार हाङयुग अज्ञात, उपेन्द्र सुब्बा तथा सर्जकहरूले आफू जहाँ रहे पनि पाँचथरको माटोलाई मलिलो बनाउने काम सदा गरी नै रहेका छन् । सँगै त्यहाँबाट प्रकाशन भएका कृतिहरूले बजार तताउने गर्दछन्, जसरी पछिल्लो पल्ट राज माङलाकको लिम्बुनी गाउँ कविता कृति मदन पुरस्कारको उत्कृष्ट ८मा पर्दै यो बेला चर्चाको शिखरमा छ । लाग्छ, सायद यो बेला समाजिक सञ्जाल सञ्चार माध्यम भरी यसकै चर्चाले भरिएको छ ।

अनुभव

उक्लदै नऊक्लेको
उकालोको के कुरा गर्छौ ?
एक खँगी
कुखुराको भाले-पोथी बोकेर
सयौ पटक
फालेलुङ्को ठुलो घ्याङ र सानो घ्याङ
उकालो उक्लने
मनबिरे र तनबिरे काकाहरुलाई सोध
साचो जिन्दगीको उकालो के हो ? भनेर ।

10646712_10201578488943889_5727621874368402519_n

जीत

आफैलाई
अनेक पटक हराएर
एक पटक जितेको जिन्दगी
ऊ विजय उत्सव मनाउदै
मौन् जुलुस निकाल्छ
आफ्नो संघर्षशील जीवनको सडकहरुमा ।
थुप्रै मालाहरू उन्छ
गलाभरि पहिरिन्छ ।

ओयामको एक तस्बिर

पुर्बि नेपालको लिम्बुवान पान्थर जिल्ला अन्तर्गत ४१ गा बि स हरु मध्ये उत्तर पुर्बमा पर्ने एउटा मनोरम् गा बि स को नाम ओयाम । ओयाम गा बि स को पुरानो नाम अन्येमबाट अप्रभङ्स भै पछी ओयाम् हुन गएको भन्ने त्यहाका बुडा पाका र इतिहास् बिधहरु बताउंछन् । लिम्बु भाषामा अन् भनेको घोडा र येम भनेको उभ्याउनु भन्ने अर्थ लाग्छ । त्यहा पहिला पहिला आपुंगि राजा सुब्बाहरुले बिभिन्न थुम र यकहरुबाट घोडामा सवार् भै भिबिन्न सभा सम्मेलन् बैठक् गरि सङ्युक्त रुपमा भोजभतेर खाने गर्दथे । उसबेला ती आपुंगि राजा सुब्बाहरुले आफु त्यहा बसुनेजेल् घोडाहरुलाइ एउटा सम्म मैदानमा बाधि राख्थे त्यहि घोडा बाधेर राख्ने ठाउ अर्थात् घोडा उभ्

चरीभाङ्गे

हौ साईला !
आजकाल तिम्रो यादमा
एकोहोरिन्छ चरिभाङ्गे
हेर्छ वारेबुङ् कोक्मालाई टोलाएर !

सातथुम्केको उभै उभो फालेलुङ काटीजादा
कतै भुल्यो कि चरीभाङेलाई ?
सेगेवाको गड्तीर हुँदै
इँवा खोलाको तीरै तीर उधो
तमोर हुँदै मुग्लान् भासिन्दा
कतै भुल्यो कि चरीभाङेलाई ?
आजकाल तिम्रो यादमा
एकोहोरिन्छ चरिभाङ्गे
हेर्छ वारेबुङ् कोक्मालाई टोलाएर !

एउटा लिम्बुवानी गीत -“जय लिम्बुवान “

आमाले पोतेको घर हो -लिम्बुवान
बिरताले रोपेको थर हो -लिम्बुवान
बाबाले जोतेको माटो -लिम्बुवान
पुर्खाले खोपेको बाटो -लिम्बुवान
जय,जय,जय,जय -लिम्बुवान

पश्चिम अरुण सुसाउछ, पूर्व फालेलुङ
दक्षिणमा माई बग्छ, उत्तर मुकुम्लुङ
ए…है…..लिम्बुवानको ढाका टोपी
हिमाल सेसेलुङ, हिमाल फक्ताङ्लुङ
आमाले पोतेको घर हो -लिम्बुवान
बिरताले रोपेको थर् हो -लिम्बुवान
जय,जय,जय, जय -लिम्बुवान

नयाँ साल

भित्तामा झुड्याइएको
साह्रै लोभ लाग्दो एउटा -क्यालेन्डर्
झिकेर फ्याकी दिए हिजो
नयाँ बर्ष मनाउने निहुमा,
त्यहा अर्को एउटा झुन्डियो -नयाँ क्यालेन्डर् ।

बल्ल पो थाहा पाए
मैले त साह्रै लोभ लाग्दो
मेरो आफ्नै एउटा बसन्त
मबाटै झिकेर फ्याकी दिए छु ।
बेहिसाब बिरक्तिए म !!

१ जनवरी २०१४

तितो यथार्थ – देशको

निकै पुरानो कुरा
देशले सिंहहरू पालेको थियो
तिनीहरू
काँचो मासु खान्थे -जनताको,
१०४ वर्ष ।

हिजो अस्तिसम्म
देशले सेतो हात्ती पालेको थियो
उसले जनताले खाने खाना सबै खान्थ्यो,
१३७ वर्ष ।

आभास

कालो बादलको
मुस्लो च्यातेर
जब
मरुभूमिको आकाशबाट
बोइङ्हरु अवतरण हुँदै गरेको देख्छु,
तब लाग्छ
देशका ती कलंकीत भ्रस्टहरुले
भाग्य खोसिदिएका
ती अभागी सपनाहरुको
फेरी अर्को बिस्कुन सुक्ने भयो ।

पेण्डुलम् जिन्दगी

तुन्द्रुँग झुन्डिएको
भीरको चिण्डो जस्तो जिन्दगी !
न उभो जान सकोस्,
न उधो झर्न सकोस्,
पेण्डुल म झुण्डिरहयो
भित्ते घडीको सेकेण्ड काटा जस्तो
एउटा बडेमानको भित्तामा -बर्सौ वर्ष ।

हाम्रो भेट भयो

यसर्थ
बेहिसाब खुशी छु
हाम्रो भेट भयो,
यस्तरी भेट भयो
कि
कहिलै नछुटौ झै भेट भयो ।
तर
बेस्सरी दुखी पनि छु,
किन कि
समयले एक भञ्ज्याङ काटेपछि भेट भयो ।