Skip to content

sujanseling

फरक आकाश

हामीले टेक्ने
माटो एउटै हुन ।
कतै समथल मैदान होलान,
कतै खोज पहाड होलान,
कतै हिमाली लेक होलान,
कतै मरुभूमि होलान,
तर,
ती सबै सबै
हामीले टेक्ने माटो नै हुन ।

सामाङ्खुको यादमा डुब्दा

क्षितिजलाई अङ्गालोमा बाधेर
पारीबाट
पाथिभरा र सिरिङ्गजोकले
पल पल एकोहोरो,
मायाले, इर्श्याले
अनेक अनेक
कल्पना र भावनाले
हेरिरहन्छन सामाङ्खुलाई ।

SujanSeling-02

हेपिएको फिलुङ्गो

कुल्चिएर मान्छेहरू
बुङ्बुङ्ती खरानी उडाउँछन ।
कोही नागेर जान्छन,
कोही सुसु फेरेर जान्छन,
कोही आची पुछेको सिन्को
त्यहीँ नेर फ्याकेर जान्छन ।

म देशबाहिर छु

फेसबुक सन्जालको दैनिकीमा
हमेसा मलाई सोधिने प्रश्न
एउटै किसिमका हुन्छन,
आजकाल कहाँ हो ?
सबैलाई फर्काउने जवाफ
मसँग नि एउटै हुन्छ,
हजुर ! म त देश बाहिर पो छु ।

एउटा सपनाको कुरा

म,
गैर आवासीय नेपाली
भैइ सकेको थिए ।
नेपाल भ्रमणको लागि
हाम्रो एउटा टोली बन्यो ।
हामी चडेको बिमान
लिम्बुवान अन्तरराष्ट्रिय बिमानस्थलमा
बिस्तारै अवतरण भयो ।

एउटा छोटो कविता

रोटो के मिठो हुन्थ्यो हजुर !
मिठो त भोको पो हुन्छ ।

आफु हाँस्दा संसार हास्छ,
छिनको त्यो हासो के मिठो मान्नु हजुर !
मिठो त एक्लै बसी रोको पो हुन्छ ।

बजार हो यो संसार,भेट्घाट त हुन्छ नै,
एक छिनको भेट के मिठो ठान्नु र हजुर !
मिठो त बर्सौ देखी पालेको धोको पो हुन्छ ।

युद्धले भुलेका बाँकी युद्ध

फक्ताङ्लुङ्को फेदीमा
एउटा थेप्चे नाख
एक तमासले उफ्रन्दै छ,
हातमा मिराक लिएर —
उद्घोस् युद्धको गर्दै छ ।
ऊ भन्छ —
सेम्याङ्फुङ, सिरबन्दी,
ने:से र लाङ्बाङ्गी,