तिमीले जुन मागेकी थियौ, मैले पूर्णिमा रोजी दिएँ,
अनि त तिमी मेरो रातहरूमा, चाँद बनेर टल्किदिन्छ्यौ ।
तिमीले घाम मागेकी थियौ, मैले उज्यालो रोजी दिएँ,
अनि त तिमी मेरो दिनहरूमा, बिहानी भएर झुल्किदिन्छ्यौ ।
तिमीले यात्रा मागेकी थियौ, मैले बाटो रोजी दिएँ,
अनि त तिमी मेरो पाइलाहरूमा, सहयात्री भएर हिँडिदिन्छ्यौ ।
तिमीले जीवन मागेकी थियौ, मैले माया रोजी दिएँ,
अनि त तिमी मेरो जिन्दगीको, धड्कन भएर धड्किदिन्छ्यौ ।
तिमीले जुन मागेकी थियौ, मैले पूर्णिमा रोजी दिएँ,
अनि त तिमी मेरो रातहरूमा, चाँद भएर टल्किदिन्छ्यौ ।
विश्वाब्यापी रेडियो गजल प्रतियोगितामा छनौटमा परेको गजल
