गरिरहे माया मैले, तिमीमाथि असीमित
तर तिम्ले गर्यौ आज, मेरा ईच्छा बिपरित
जिन्दगी नै सुम्पिदिए, तन मन राखी सांक्षी
रित्तो हुँदासम्म आफू, क्यै पनि नराखी बाँकी
चोखो माया लाएको थेँ, मैले मात्र तिमीसित
उल्टै तिम्ले गर्यौ आज, मेरा ईच्छा बिपरित
तिम्ले मैले पिरती को, रुप दिउँ केही भिन्न
अजम्बरी माया लाऊँ, नसकुन् कसैले छिन्न
कति माया प्रीति यहाँ, हुन्छन् मात्र बनावटी
स्वार्थ लुट्न कैयौ माया, हुने गर्छन् देखावटी
चोखो माया जीवनमा, गाह्रो पर्दो रैछ चिन्न
कुनै बस्तु पनि हैन, कहीं कतै पाइने किन्न
गाँजलु ती नयनमा, बस्न चाहे प्रियतमा
पवित्र त्यो अधरमा, पस्न चाहे प्रियतमा
सप्तरंगी ईन्द्रेणीमा, देख्ने गर्छु तिम्रै छाया
आफूलाईभन्दा बढी, लाग्ने गर्छ तिम्रै माया
जिन्दगीको यात्रा मेरो, अधुरो छ तिमी बिना
हृदयका सपना मेरा, अपुरो छ तिमी बिना ।