सुन्दर फूल जस्तै प्यारी
थिइन् उनी हिजो अस्ति,
आज तिनै मायालु मेरी
भै होलिन् कुन्नि कस्ती,
रम्थ्यो सारा बनपाखा, मयूर जस्तै उनी नाच्दा
लजाउँदै चम्किला ती, दन्त लहर खोली हाँस्दा
लाग्थ्यो कतै स्वर्गबाट, झरेकी कुनै परी जस्ती
आज तिनै मायालु मेरी ..
सुन्दर फूल जस्तै प्यारी ..
चन्द्र रुपी मुहार अनि, मोहनी बोलीकी खानी
झनै राम्रो चुल बुले, थियो उन्को आनी बानी
हरेक पल पिरतीमा, रम्दै हाम्ले गर्थ्यौं मस्ती
आज तिनै मायालु मेरी ..
सुन्दर फूल जस्तै प्यारी ।।
‘नरेन्द्र घर्ती ‘
तारा / बाग्लुङग
