मेरो बाटो काटी आज लुकेर गयौ तिमी
खाएका ती बाचा कसम चुकेर गयौ तिमी
बाह्रै महिना मूल बनी मौलाउला भन्नेले
आज उल्टै बर्खामा नै सुकेर गयौ तिमी
यो मनमा बास बस्न दिएको थिंए मैले
सधैं साथ पाउने आश लिएको थिंए मैले
तर किन मात्र क्षणिक रुकेर गयौ तिमी
खाएका ती बाचा कसम चुकेर गयौ तिमी
बाह्रै महिना मूल बनी …
भित्रभित्रै दनदनी बलिरहेछु म त
तिम्ले दिएका पिरमा जलिरहेछु म त
तन मन पोल्ने आगो फुकेर गयौ तिमी
खाएका ती बाचाकसम चुकेर गयौ तिमी
बाह्रै महिना मूल बनी …
‘नरेन्द्र घर्ती’
तारा / बाग्लुङग
