शुभ दिन बिहानीको

  • by


शुभ दिन बिहानीको, शित बनी आऊ तिमी
हृदयमा बास बस्न, प्रीत बनी आऊ तिमी !

नाता जोडी अँधेरीको, तारा अनी जुनसँग
भाव पोख्दै संगीतको, सुर ताल धुनसँग
मन मुटु स्पर्श गर्ने, गीत बनी आऊ तिमी
हृदयमा बास बस्न, प्रीत बनी आऊ तिमी;

शुन्य मेरो जिन्दगीमा, छाईदिँदै हरियाली
पिडादायी जीवनमा, भरिदिँदै खुशीयाली
सधैं’भरी बशन्तको, रीत बनी आऊ तिमी
हृदयमा बास बस्न, प्रीत बनी आऊ तिमी;

शुभ दिन बिहानीको, शित बनी आऊ तिमी
हृदयमा बास बस्न, प्रीत बनी आऊ तिमी !

‘नरेन्द्र घर्ती’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *