Skip to content

गोविन्द बहादुर मल्ल 'गोठाले'

GovindaBahadurMallaGothale

त्यसको भाले

कसनांचा ज्यापूको सातआठ वर्षको छोरो बिहानीपख झल्लयाँस्स ब्यूँझेछ । ठीक त्यसै बखतमा तल छिँडीबाट ‘कुखुरीकाँ’ शब्द सुनियो । विसनांचाले कान थापेर सुन्न थाल्यो, भड्भड पखेटाको चाल र फेरि ‘कुखुरीकाँ’ । उसको मुख आनन्द तथा खुसीले प्रफुल्लित देखिन थाल्यो । मिरमिरे उज्यालो हुन लाग्यो, टाढाटाढाबाट भाले एउटापछि अर्कोले चिच्च्याईचिच्च्याई दिनलाई डाकिरहेका थिए । विसनांचा मुग्ध भएर सुन्न लाग्यो । एकछिनपछि फेरि आफ्नो भालेले भड्भड् गर्दै ‘कुखुरीकाँ’ गर्यो । अब त्यसलाई बसिसक्नु भएन र जुरमुराउँदै उठेर बस्यो । उसलाई किन हो कुन्नि आफ्नो कुखुराले गाएको तान सारै मीठो लाग्यो, सारै मज्जा लाग्यो ।

सजायँको डरले ‘गोठाले’ बनाइएँ

  • by

साँच्चै भन्ने हो भने म अहिले बाँच्न सङ्घर्ष गरिरहेको छु । ८८ वर्षको उमेर टेक्नै लागेको त्यसमा पनि अनेकौँ समस्या र रोगले मेरो जीवन सङ्घर्षमा बितिरहेको छ । जीवनभर साथ दिने श्रीमतीको ६ महिनाअघि निधन भयो र आफ्नै काखमा हुर्केको छोरो रमेशको ६५ वर्षको उमेरमा ४ महिनाअघि निधन भएपछि अचेल म बढी पीडित बन्न पुगेको छु ।

अनि म भएँ गोठाले

  • by

‘त्यसको भाले’ कथाबाट मेरो साहित्यारम्भ भएको हो । त्यही कथाले नै मलाई आजको यो ‘गोठाले’ बनायो । त्यो शारदा मासिकमा छापिने सुरसारमा थियो । प्रेसमा त्यसको ‘कम्पोज’ पनि भइसकेको थियो । यो प्रसङ्ग विसं १९९७ को हो । ठीक त्यसैबेला मलाई पक्रेर लगियो । त्यस समय प्रजा परष्िाद्ले पर्चा छरेको थियो । मैले पनि पर्चा छरेँ । र, मलाई समातेर लगियो । त्यस समय भवानी भिक्षुले शारदा हेर्नुहुन्थ्यो । उहाँले आशङ्का गर्नु भयो, “मेरो नाममै कथा छापियो भने म सरकारी चेपारोमा त पर्छु पर्छु, स्वयम् शारदा पनि पर्न सक्छ ।” तर, उहाँसँग त्यो कथा नछाप्नुको विकल्प पनि थिएन । त्यसैले भिक्षुले मेरो कथा पनि छापिने, शारदा को प्रकाशन पनि बच्ने नयाँ जुक्ति निकाल्नुभयो । फलतः उहाँले मेरो साहित्यिक न्वारान गरेर मलाई ‘गोठाले’ बनाइदिनु भयो ।

हवाइजहाजको गर्भ भित्र

  • by

हवाइजहाजको ढोका बन्द भयो । सँगसँगै इन्द्रभक्तको शरीरका सारा तन्तु सामसुम भए । अब त्यहाँ पालम छैन, एयरर्पोटको गञ्जागोल छैन, बराबर हवाइजहाज उड्दा, ओर्लंदा भइरहने एयरर्पोटको चित्कार पनि छैन । खाली छ त हवाइजहाजको कोठा, जुन संकुचित गर्भ समान छ र त्यो गर्भमा मानिस, जिउँदा मानिसका ताँती चुपचाप बसेका छन् ।