Skip to content

टंक खनाल

गजल

टुक्रेको यो मुटुलाई आशाका किरणले टालेको छु
फर्कितिमी आउछ््यौ भन्ने बिश्वास मनमा पालेकोछु

लक्ष्यहिन यात्री भय म तिमी बिना
तिमीलाई पाउन कांडामाथि यि कदम चालेको छु

मेरो लागि

मेरो लागि कति तिमी मन्दिर मस्जिद धायौ
मैले गर्दा जिन्दगी मा धेरै ठक्कर खायौ

नराम्रो नै सोचे मैले सधैं तिमीलाई
आखिर मैले जे गरे नि गीत मेरै गायौ

तिम्रो माया

दियौ तिमीले धेरै माया त्यो मायाको ‘मात’ लाग्यो
छोडेदेखि मैले तिम्लाइ दिउसै पनि ‘रात’ लाग्यो

हुन्न भन्थेउ मायामा कोही सानो ठुलो
तर तिम्रो प्रिती साट्न मलाई ‘जात’ लाग्यो

गजल

थाहा थियो तिमीलाई कति माया गर्थे म
साथ पाय त्यो तिम्रो सातै सागर तर्थे म

वाचा गर्यौ` संगसंगै जिउने अनि मर्ने
थाहा भय धोका पाउने किन भर पर्थे म

चोखो माया

बढ्दै थिए कदमहरु चुम्न भनि सगरमाथा
आधि बाटो नपुग्दै खुट्टा मेरा तानिदियौ

जिउने गर्थे सधैंभरि तिम्रो चोखो मायामा
मायाको त्यो झुठो तिर मलाई नै हानिदियौ

जस्तो सुकै परे पनि

भोग्छु मैले जिन्दगीमा जस्तोसुकै परेपनि
सहनै पर्थ्यो मेरै सामु लाश तिम्रो लडेपनि

मिलन अनि बिछोड नै हो भने नियम प्रकृतिको
छुट्नु नै थियो हामि यहा तिमि मेरोलगि मरेपनि