आँखाहरूमा अचेल कुनै समवेदना बिझाउँदैन
खुसी या जितहरूका समाचारले पनि मन रिझाउँदैन
बत्ती या गुलुबहरूले
पुतली टाँसेजस्तो मन अचेल सौन्दर्य समाउँदैन
रहर अब जहरजस्तै भइसकेछ
सुन्दरताका भाखाहरूमा, मुटु हेर्ने पाखाहरूमा पनि मन रमाउँदैन
मान्छेलाई सबैभन्दा प्यारो सायद
उसको स्वतन्त्रता हो
स्वतन्त्रता नहुनु भनेको निश्चास हो,
उनीहरूलाई मैले भनेको थिएँ
मलाई तिमीहरू जुहारत दिन्छौ
र मेरो अस्तित्व माग्छौ भने म मान्दिन
मलाई तिमीहरू सम्पत्तिहरू दिन्छौ
अबिरल बग्दै गरेको इन्द्राबती टक्क अडिएको दिन
सातै सूर्यको एकैचोटि ज्योति गुमेको दिन
लाहुरे भैंसी तुहेत्रो गएको दिन
नयाँ सडकमा एकाएक भुइचालो गएको दिन
बुद्धका अर्ध मुद्रित आँखाहरू अचानक बन्द भएको दिन
दौरा सुरुवाल र कालो कोटभित्र
सबै कुरा छोपिन्छ भन्दो हो साले
जति छोपे पनि कहीं न कहींबाट
आत्मविस्वास चुहिरहेको देखिन्छ
कहीं न कहींबाट
स्वाभिमान नुहिरहेको देखिन्छ