Skip to content

दिनेश बस्नेत

ढुलमुले चोक

  • by

”एकाबिहानै आँखा मिच्दै निस्केको मान्छे । खाना खान पनि वास्ता छैन, कहिल्यै बेलामा खान जाने होइन । उही झोल धोक्न पाए पुग्यो । चामल किन्ने भनेर हजार राखेकी थिएँ । अहिले सिरानीमुनि हेर्दा त छैन । होइन, पैसा राखेको ठाउँबाट गन्ध नै आउँछ जसरी जता राखे पनि चट् पार्ने ! कस्तो नराम्रो बानी हो । उता फिस तिर्न बाँकी रहेकोले बच्चा जाँच नै दिन पाइन्न भन्दै रुँदै थियो । बल्लबल्ल फकाएर स्कुल पठाएँ । रोएर कत्रो विलाप, कत्रो मुस्किल पर्‍यो स्कुल पठाउन । घर व्यवहारपट्ट ित अलिकति पनि चिन्ता छैन, खाली धोकेर हिँड्न पाए भयो । रक्सी भए पुग्ने भएपछि रक्सीसँग बिहे गरेको भए हुने नि ! किन बनाउनु परेको परिवार ?” एउटी आइमाई कड्केर बाझिरहेकी थिई ।

भोटेताल्चाबाट सुरु हुने रुसी प्रेम

हाम्रा लागि मस्कोमा देखिएको खस्रुका बुटा झैँ भोटेताल्चाका जुत्ता र अलि अश्लील मानिन सक्ने दृष्य रमिताका लागि पर्याप्त थियो। उनीहरु शान्तिका प्रतिक एक जोडी सेतो परेवा उडाउन खोज्दै थिए। सैतै परिहन, सेतै परेवा, रमितेहरुको भीड। क्यामेराको क्लिक क्लिक। नेभा तटमा वातावरण रमाइलो थियो। मैले पनि केही क्लिक मात्र के गरेको थिएँ, दुलहीले समातेको परेवाले बिस्ट्याएछ। दुलही परेवा छाडौँला झैँ हाँस्न थालिन्। हाँसो सबैतिर छायो। परेवा भने उडाएरै छाडे। परेवा के उडेको थियो प्रेम प्रकट भयो। आपसमा अंकमाल र दोहोरो चुम्बनको त्यो दृष्य सायद मस्कोमा बन्द गरेको ताला खोल्ने अवसर थियो। झण्डै पाँच मिनेटपछि उनीहरु अलग भए।