Skip to content

अशेष मल्ल

पर्दाभित्र

  • by

उद्घोषकः अब हाम्रो नाटक सुरु हुन्छ । सबैजना हल्ला नगरी बस्नुहोला । सुरु हुन्छ नाटक । यो नाटकको शीर्षक हामीले राख्न भ्याएमा छैनौँ । किनभने नाटक लेख्दा लेख्दै यस नाटकका नाटककार जरुरी कामले गाउँ जान पर्‍यो । गाउँमा टेलिफोन छैन । सम्पर्क गर्ने कुनै उपाय पनि छैन । उहाँले नाटक त लेख्नुभयो, शीर्षक राख्न भ्याउनु भएन । सोधौँ भने उहाँसँग सम्पर्क नै गर्न पाएको छैन, कसरी सोधौँ ।

एउटा युग, एउटा इतिहास

  • by

अहिलेझैँ थिएन, त्यसबेलाको साहित्यिक वातावरण । एउटा कविले अर्को कविलाई नचिन्ने प्रश्नै उठ्दैनथ्यो । थोरै जनसंख्या, थोरै साहित्यकार सायद एउटै परविारझैँ लाग्थ्यो । मैले काठमाडौँ प्रवेश गरेको त्यो ‘३० को प्रारम्भिक वर्ष । भूपीका विद्रोही कविताहरू, सरल र सम्प्रेषणीय कविताको एउटा धार अनि मोहन कोइराला प्रवृत्तिको अर्को धार ।

तथास्तु

  • by

रातको बाह्र बजेको थियो । कोठामा म थिए स्वास्नी थिई ।बिरामी र सोचिरहेको थिए अप्रेसनका लागि जुटाउनु पर्ने पाच लाख रुपिया कहाबाट ल्याउने ।एकाएक प्रकट भए भगवान् कोठामा । झस्किए । के भयो । के यो सत्य त हो । चिमोटे आफैलाई । रहेनछ यो कुनै सपना वा भ्रान्ति ।मुस्कुराउदै भने भगवानले, “ए । मनुवा के माग्छस् माग् ।”