नाटक

शिव शर्मा ब्राह्मण

(पर्दा खुल्दै जादा मञ्च प्रकाशले प्रकाशित हुन्छ । अघिल्लो दिन परेको पानीले चिसो ब्यापक बढेको छ । पछेउरीले टाउको ढाकेर सिरक भित्र घुर्सेर फेसबुक चलाइरहेकी हुन्छे अन्जु । बाहिर पानी पर्न शुरु गरेको ओछ्यानबाटै चाल पाउछे । उठेर ढोका खोलेर हेर्छे । परेका पानी अलि अलि गरेर कोठा भित्र पस्न खोजिरहेको हुन्छ । ढोकाबाटै फर्केर खट्टामा मोजा लगाएर फेरि सिरक भित्र पस्छे । त्यतिकैमा रोशन भित्र पस्छ । )

रोशन : – (दुई हातलाई रगड्दै ) आज ब्यापक जाडो छ । भोलि पक्कै हिँउ पर्छ । तिम्रो त अफिस छ । कसरी काम गर्ने हो भोलि यस्तो जाडोमा ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सीमान्त जीवन !

क्षितिजमा घाम डुबिसकेको एउटा गोधुलि सन्ध्या । शहरमा सवारीसाधन र मान्छेको भीडभाड, कोही वासस्थान जान हतारिरहेका त कोही रात्रीकालीन जागिर आदिका लागि निस्किएका । दिनभर सडकपेटीमा भीख मागिरहेको एउटा अशक्त, अपाङ्ग वृद्धलाई ह्वीलचेयरमा राखेर उसको छोरो डेरातिर लाँदैछ ।

छोरो: बा ! आजको कमाइ कस्तो भयो त ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मुक्त

प्रौढ– जा दाने ! जा । अब तँ आफ्नै लोकमा जा । मैले तेरी आमा र तँलाई धेरै सताएँ । अब म सकुँन्जेल एक्लै श्वास फेर्न चाहन्छु । नसकेमा एक्लै श्वास त्याग्न चाहन्छु । म तेरो रखवारी गर्न विल्कुलै असमर्थ छु ।

(दाने प्रौढको काखमा बसेर दारी खेलाउन थाल्छ । प्रौढ दानेको मायाले पग्लन थाल्छ ।)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सयौँ थुँगा फूलका हामी

(एउटा सुनसान ठूलो कोठा । परपर ससानो गाइँगुइँ आवाजमात्र सुनिन्छ । लिम्बुवान, विजयपुर, कोचिला, किरात, मधेश, तामाकोसी, शेर्पा, तामसालिङ, नेवा, नारायणी, तमुवान, रिडी, मगर, थारूवान, भोटेलामा, भेरीकर्नाली, सेतीमहाकाली जस्ता १७ राज्यहरूसँग नाम मिल्न खोजेका सत्रजना युवकयुवतीहरू गम्भीर रूपमा बसेका देखिन्छन् । उनीहरू क्रमश: पूर्वदेखि पश्चिमतिर लहरै बसेका छन् । आफ्नो ठाउँको विशेषता झल्कने गरी क्रमश: २० नम्बरदेखि ३६ नम्बरसम्मका अङ्क अङ्कित पोशाक लगाएका छन् । उनीहरूमध्ये कसैकसैमा उदासी र अन्योलसमेत भेटिन्छ । त्यतिकैमा सूत्रधारको प्रवेश हुन्छ । ऊ बोल्दै जान्छ, पात्रहरू पनि चनाखो हुँदै जान्छन् ।)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

“स्वर्गीययात्रा”

(पात्रहरु —- साइँला..
कान्छी….खत्री….पिटर)
(गाउँको दृश्य ; खरको घर आँगनमा साइँला दाजु
डोको बुन्दै गीत गाउनु हुदैछ)
साइँला – उमेर गयो बैशा त गएन लै लै
यो जोवनलाई सलाम छ यो जोवन लाई सलाम
छ …(गीत गाउदै काममा मस्त)
(चरा,खोला,को अवाज सुनिंदैछ… त्येतिकै
मा साइँला को स्वास्नी कान्छीको चिया
लिएर प्रवेश)
कान्छी — औ धनेको आपा के हो दिन
भरि यही डोको मात्रै समातेर बस्ने विचार छ
की क्या हो …लु खुरुक्क यो चिया पिउनुहोस्
अनि बारीको काम तिर लाग्नुहोस…..सबैले
आफ्नो बारी गोडी धान रोपी सके ….आफ्नो त
कहिले हो कहिले,,,असार
पनि सिद्धिनलागि सक्यो…..

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विवाह (एकाङ्की)

(रङ्गमञ्चमा टाँगिएको ब्यानरमा ठूलो अक्षरमा ‘करार–विवाह’ लेखिएको छ । त्यहीँ कुर्सीटेबुल राखिएका छन् । त्यहीँ निम्न प्रकृतिका छजना नरनारीहरू बसेका छन् ।)

पुण्य : ३९ बर्से विवाहित युवक (शिक्षित–पठित, लेखन र शिक्षण पेसामा आबद्ध)
सृष्टि : २३ बर्से अविवाहित युवती (शिक्षित–पठित, अविवाहिता, संस्थामा जागिरका लागि विवाहदर्ता प्रमाणपत्रको खोजीमा भौतारिएकी)
अभित : ३२ बर्से अविवाहित युवक (शिक्षित–पठित, शिक्षण पेसामा आबद्ध)
लक्ष्मी : २७ बर्से विवाहित महिला (शिक्षित–पठित, शिक्षण पेसामा आबद्ध)
लक्ष्मीकान्त : ३५ बर्से अविवाहित युवक (शिक्षित–पठित, वकालत पेसामा आबद्ध)
कर्णकान्त : २५ बर्से अविवाहित युवक (शिक्षित–पठित, बेरोजगार, अर्धपागलजस्तो, बेला न कुबेला बोलिरहने, अर्काका कुरा त्यति ध्यान दिएर नसुन्ने तर आफ्ना कुराचाहिँ अरूले सुनून् भनी चाहने । आफूलाई प्रेम र विवाहसम्बन्धी विभिन्न विद्वान्हरूको दृष्टिकोणको ज्ञाता ठान्ने प्रकृतिको ।)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एकांकी ०९ – नम्र विनम्र

(रङ्गमञ्चमा ठूलो अक्षरमा ‘नम्र विनम्र’ लेखिएको छ । रङरोगनहीन कुर्सीटेबुलहरू राखिएका छन् । गरिबीका नमूना यत्रतत्र छ । भुइँघरको दलानमा नविता, लोचन, अमित र कर्णनाथ बसेका छन् । कर्णनाथ छटपट गरिरहन्छन् । लोचन निराश छिन् । उनको काखमा दुई नाबालक बच्चा (एकजना छोरा र एकजना छोरी) छन् । नविताको मुहारमा भय र त्रास छ ।)

कर्णनाथ : (मञ्चको चारैतिर घुमेर हेर्दै) गम्भीर ! गम्भीर !! जताततै गम्भीरता !! हेर्नुस् लोचन दिदी र नविता बहिनी ! निरास नहुनुस् । मक्ख पनि नपर्नुस् । (भित्तामा लेखिएको तुल हेर्दै) नम्र त्यसमा पनि अँझ विनम्र ! सानो आश्चर्यमा अर्को ठूलो आश्चर्य !! मौकामा चौका हान्ने बानी नै परिसक्यो मलाई । हेर्नुस्, विवाहित जीवन सफल बनाउनुछ भने प्रेम गर्नुस् । जान्नु हुन्न भने सिक्नुस् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एकांकी ०८ – एकता

(रङ्गमञ्चको पर्दा बिस्तारै खुल्दै जान्छ । मञ्चमा उदास लाग्दा हिमाल, पहाड र तराई/मधेसका तस्बिरहरू देखिन्छन् । हिरण्य, पर्वत र तमोर आआफ्नै धुनमा क्रमश: हिमाल, पहाड र तराई/मधेसका तस्बिरहरू एकटकले ओल्टाइपल्टाई हेर्दछन् । उनीहरू कहिले घोरिन्छन्, कहिले रिसले बटारिन्छन् । आमा एउटा कुनामा झोक्रिरहेकी छिन् ।

रङ्गमञ्चको छानोमा बत्ती बल्नासाथ नेपाली राष्ट्रिय गानको धुन बज्न थाल्छ । आमा केही चनाखो हुन्छिन् । उनको मुहारमा खुसी नाचिरहेको आभास हुन्छ । अरू तीनजना जर्याकजुरुक उठ्छन् र सतर्क हुन्छन् । राष्ट्रिय गान समाप्त नहुँदै उनीहरू बस्न हतारिन्छन् तर अरूलाई सतर्क मुद्रामै रहेको देखेर सचेत हुन्छन् । राष्ट्रिय गानको समाप्तिसँगै तीनैजना आआफ्ना ठाउँमा बस्छन् । तमोर जुरुक्क उठेर केही कदम अघि बढ्छ ।)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एकांकी ०७ – पीडा एक : भाका अनेक

(सुनसान सडक क्षणभरमै मान्छे नै मान्छेले भरिन्छ । कतै सडक रक्ताम्य छ, कतै सडक कालाम्मे छ । कतै सडक सुक्खा छ, कतै पानीले हिलाम्मे छ । एक्कासि सूत्रधारको प्रवेश हुन्छ । ऊ बोल्दै जान्छ । दर्शक बढ्दै जान्छन् । एकप्रकारले सडक जाम हुन्छ ।)

सूत्रधार : आदरणीय दर्शकवृन्द, सडकमा नै आज सबथोक हेरौँ । सडकमा नै सबथोक चिनौँ । सडकमा नै सबथोक देखाऔँ । सडकको व्यथा सडकमा नै बुझौँ । सडकको गीत सडकमा नै गाऔँ र मनमा सुन्दर आकाङ्क्षा भित्र्याऔँ । कर्ममा पारदर्शिता देखाऔँ । भोलिका पुस्ताका निम्ति यही सडकमा हिँड्ने पूर्वाधार आजै बनाऔँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एकांकी ०६ – युग उचाल्ने अक्षरकर्मीको दुःखद अवसान

पुलिस क्लवको भीआइपी कोठा । डोरीले पछाडि दुबै हात बाँधेर बन्दी-१ लाई लडाइएको छ तर पनि उनी आत्तिएजस्ता देखिदैनन् । उनमा ढुक्क भएजस्तो मानसिकता देखिन्छ । उनी वरपर चार जना बर्दिधारीहरू उभिएका छन् । बन्दी-२ नजिकै उभिएर यताउती हेर्छिन् । कलम यताउती घुमाउँछिन् । केही लेख्न खोज्छिन् तर उनीसँग कागज हुन्न । बन्दी-१ यातना सहन नसकेर पानी मागिरहेका छन् । पानीको सट्टामा उनलाई अझ यातना दिइन्छ । बन्दीको चित्कार सुनेर बर्दिधारीहरू हाँसोको फोहोरा छुटाइरहेका छन् । हातखुट्टा सुनिएर बन्दी-१ विरुप देखिन्छन् । यी दृश्यहरू क्रमशः क्रमशः आइरहन्छन् आइरहन्छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एकांकी ०५ – जस्तो मति उस्तै गति

स्थान : पीपलको चौतारी
समय : दिनको नौ बजे

(हातमा घण्टी लिएको, निधारमा चन्दन घसेको, गेरुवस्त्र धारण गरेको प्रभु चौतारीमा बसेको छ । नजिकै कमण्डलु छ । छेउमै तुल टाँगिएको छ जसमा लेखिएको छ, पत्नी पीडित महासङ्घको दोबाटे कार्यालय)
पत्नी पीडितहरू — एक हौँ
पीडाको कहिरन — लेखौँ/लेखाऔँ
पीडाको पोखरी — ठूलो पारौँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एकांकी ०३ – दर्द


पात्रहरू
मञ्जरी : अधबैँसे नारी, पतिले त्यागेकी, दुई सन्तानकी आमा, दु:खजिलो गरेर गुजारा चलाइरहेकी गृहिणी, आफ्ना दुई सन्तानको भविष्य उज्यालो बनाउने काममा कटिबद्ध ।
बबलध्वज : गाउँका एकजना सज्जन, आफ्नो सुखभन्दा अर्काको सुखमा आनन्द प्राप्त गर्ने स्वभाव, गाउँको हालखबर बुझ्दै हिँड्ने नि:स्वार्थी मान्छे, जसलाई कतिपयले नारदको संज्ञा पनि दिने गरेका छन् । उनलाई श्रीमतीले पनि अर्धपागल भनेर त्यागिदिएकी छिन् ।
प्रमोद : मञ्जरीको ८ बर्से छोरा ।
प्रमिला : मञ्जरीकी ११ वर्षकी छोरी ।
प्रकाश : बबलध्वजका छिमेकी र सहयोगी ।

स्थान : सामान्य भुइँतले घरको दलान र आँगन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एकांकी ०२ – करार–विवाह

(रङमा टाँगिएको ब्यानरमा ठूलो अक्षरमा ‘करार–विवाह’ लेखिएको छ । त्यहीँ कुर्सीटेबुल राखिएका छन् । त्यहीँ निम्न प्रकृतिका छजना नरनारीहरू बसेका छन् ।)

पुण्य : ३९ बर्से विवाहित युवक (शिक्षित–पठित, लेखन र शिक्षण पेसामा आबद्ध)
सृष्टि : २३ बर्से अविवाहित युवती (शिक्षित–पठित, अविवाहिता, संस्थामा जागिरका लागि विवाहदर्ता प्रमाणपत्रको खोजीमा भौतारिएकी)
अभित : ३२ बर्से अविवाहित युवक (शिक्षित–पठित, शिक्षण पेसामा आबद्ध)
लक्ष्मी : २७ बर्से विवाहित महिला (शिक्षित–पठित, शिक्षण पेसामा आबद्ध)
लक्ष्मीकान्त : ३५ बर्से अविवाहित युवक (शिक्षित–पठित, वकालत पेसामा आबद्ध)
कर्णकान्त : २५ बर्से अविवाहित युवक (शिक्षित–पठित, बेरोजगार, अर्धपागलजस्तो, बेला न कुबेला बोलिरहने, अर्काका कुरा त्यति ध्यान दिएर नसुन्ने तर आफ्ना कुराचाहिँ अरूले सुनून् भनी चाहने । आफूलाई प्रेम र विवाहसम्बन्धी विभिन्न विद्वान्हरूको दृष्टिकोणको ज्ञाता ठान्ने प्रकृतिको ।)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एकांकी ०१ – वादविवाद

पात्रहरू : श्रीमान्, श्रीमती, बहिनी र छोरी ।

(सुनसान रङ्गमञ्चमा घरको कोठाको झलक दिने वस्तुहरू यत्रतत्र छन् । सर्वप्रथम बहिनी रङ्गमञ्चमा आउँछे । ऊ बोल्न सुरु गर्दा नगर्दै क्षणभरमै अरू तीनजना पात्रहरू रङ्गमञ्चमा आउँछन् । एउटा कुनामा पाँच बर्से छोरी खेल्न थाल्छे । श्रीमान् श्रीमतीको ठाकठाकठुकठुक परेको आभास मिल्ने कुराहरू मनग्य छन् । रङ्गमञ्चको भित्ता कतै पानको रङले राताम्य छ भने कतै कालाम्य छ । कतै रङ्गमञ्च सुक्खा छ, कतै पानीले हिलाम्य छ । ऊ बोल्दै जान्छे, रङ्गमञ्चमा रौनक थपिँदै जान्छ । रङ्गमञ्चमा एकप्रकारको जिज्ञासा सर्वत्र छाउँछ ।)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पहिरो

उद्घोषक : (चट्याङ कराउदैछ……) वर्षात वर्षात निरन्तर वर्सिरहन्छ । आज ३ दिन भयो पानी निरन्तर परिरहेको । नजिकैको रानीखोला उर्लेर आएको छ । बर्षायामको लगि भनेर थापेको साँगो पनि बगाएर लगेछ । खोला नजिकै मोहन माझीको गाइगोठ थियो । पहिरोले बगाएर लगेछ । वर्षातको समयमा रुबिना घुम ओढेर प्रतिकको घरतिर उक्लिँदैछे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उज्यालो भएको छैन (लघु नाटक)

(विद्यालयको छेवैमा चौतारो छ । चौतारालाई चारैतिरबाट बाटाहरूले जोडेका छन् । चौतारामा बरपीपल भएकाले बटुवाहरू भारी बिसाउछन् । बजार जाने/आउने मान्छेहरू आक्कल झुक्कल चौतारामा बसेर गफ गर्छन् । कहिलेकाही बिद्यालयका बिद्यार्थीहरू पनि टीपीनमा त्यहाँ गएर कुरा गरिरहेका भेटिन्छन् । यस्तैमा गर्मीको एकदिन एउटा अधबैशे मान्छे कतैबाट त्यहाँ आइपुग्छ र उठेर एकोहोरो फत्फताउन थाल्छ ।)

अधबैशे मान्छे – हेरियो … सबै हेरियो, राणा सासन हेरियो, पंचायत हेरियो, बहुदल हेरियो, अब यो के रे … गणतन्त्र पनि हेरिदैछ । खै के पाइयो …? (हास्न थाल्छ एकोहोरो । अनि मन्द मन्द गतिमा भुइँ हेर्दै शितलमा बस्छ ।)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भत्किएको घर

दृश्यः पहिलो

(मञ्चः खरको छानो उडे जस्तो देखिने भित्तापनि भत्किन थालेजस्तो देखिन एक दुई तले कच्ची घर । अगाडितिर सानो बरण्डा)

(कोठाभित्र हर्के छ । साह्रै बेचैन देखिन्छ । यत्रतत्र छरिएका सरसमान छन् । केही झोलामा राख्दै छ ।)

(धनेको प्रवेश)

धनेः (उमेर साठी पैसठ्ठी, कपाल सेताम्य भइसकेको, अनुहारभरि मुजा नै मुजा छन् ।) (गहिरो स्वरमा) जाने नै भइस ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अर्काको मुलुकमा टाङ् मुनि पनि छिरिन्छ

साइँलोः (पसलेसँग)वियर छ साहूजी ?
साहूः छ । कति बोतल चाहियो ?
अर्को पात्रः (पसलेसँग)पानी छ साहूजी ?
साहूः छैन । पानी सानी कस्ले राखोस् ह्याँ !
साइँलोः पाँच बोतल बियर देउ त साहूजी । अनिचुरोट छ कि छैन ?
साहूः चुरोट ता सकिएछ !
साइँलोः यत्रो दोकान अरे चुरोट पनि नराख्नी क्या झुर । ह्यवाँ कतारमा भनी जहाँ पनि जहिले पनि पाइन्थ्यो ।
साहुः माथिल्लो दोकानमा छ जानु उतै खानु तैबाट लानू है ।
साइँलोः माथिको दोकानेको पनि उही चुरोट देउ भनेर सेवा बिन्ती गर्नी ता होला ।
साहूः अर्काको मुलुकमा भए ता मालिकले टाङ् मुनि छिर् भने पनि मान्थ्यौ होला यहाँ आफ्नो मुलुकमा भने‍…..

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

यूगीन सपना

मनभित्रको माया मनमै राख्न नसकेपछि एक दिन राज आफ्ना मनका सबै कुरा अञ्जुलाई सुनाउछ र उनीसंग माया माग्छ

राजः
कोपिला हुँ म निश्चल स्वच्छ छ नि मेरो मन
सप्नामा तिम्रै डुबेको हुन्छ सध्इ मेरो मन
हराउँछु म हरेक दिन स्वप्नगग्नमा
कपटछल छैइन केही मेरो यो मनमा
क्या मीठा छन् सपना मेरा –यूगीन सपना
फूलझैं फुल्ने आँखामा खेल्ने यूगीन सपना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •