Skip to content

चराका पखेटा काटिदिनुस
र, भन्नुस्
जा
उड् आकाशमा ।
र, भन्नुस्
तँ स्वतन्त्र छस्
बादलसँग
बादल भएर
उड्न आकाशमा

चराका प्वाँखहरू उखेलिदिनुहोस्
र,
भन्नुस्
तेरो छातीमा
कहिल्यै
हिर्काउने छैन धनुका बाँडहरू
र,
कहिल्यै
सिकार गर्ने छैन
एकान्तमा
चराका पखेटा काटिदिनुस्
र,
कल्पना गर्नुस्
मुक्त आकाशमा
आकाशिँदै उडेका
स्वतन्त्र उडानहरू
चराका प्वाँखहरू उखेलिदिनुस्
र,
गर्नुस् कल्पना
मुक्तिको ।

नेपाल साप्ताहिक
अंक १३८

Leave a Reply

Your email address will not be published. Required fields are marked *