Skip to content

गोपालप्रसाद रिमाल

आमाको वेदना

रात अज्ञानझैँ अँध्यारो थियो;
स्वर्थजस्तै चिसो बतासको हुरी थियो;
अहङ्कारझैँ मेघ गर्जिरहेको थियो;
कुच्रिँदा कुच्रिँदै मेरो छातीमा
अकस्मात् बिजुलीझैँ झिलिक्क भो ।

‘………’ प्रति

  • by

ओ युवती, ओ रुपवती,
तिमीसित मेरो घामपानीजस्तो मिलन भयो ,
तिमीलाई सम्झना होला –
हामी बादलजस्तै गुटुमुटु पनि भएका छौँ;
त्यो बादलमा इन्द्रधनु पर्यो ,
झरी लाग्यो, हुरी आयो,
अनि हामी अकासस्तै सङ्ला पनि भयौंँ,

जंगी निशान

  • by

रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो
जिउँदो रगतसरि यो बल्दो यो शान हाम्रो

हिमाल झैँ अटल यो झुकेन यो कहिले
लत्रेन यो कहिले जंगी निशान हाम्रो

आमाको सपना

  • by

आमा, त्यो आउँछ र?
“हो, बा, त्यो आउँछ ।
त्यो बिहानको सूर्य झैँ उज्यालो र्छर्दै आउँछ ।
त्यसको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने
तिमी एक हतियार देख्नेछौ;
त्यसैले ऊ अधर्मसित लड्नेछ !
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभन्दा पनि
बढ्ता छोइने भएर आउँछ ।”