Skip to content


रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो
जिउँदो रगतसरि यो बल्दो यो शान हाम्रो

हिमाल झैँ अटल यो झुकेन यो कहिले
लत्रेन यो कहिले जंगी निशान हाम्रो

यो जन्मदै जगतमा कैयौं प्रहार आए
साम्राज्य दुई हारे हारेन शान हाम्रो

जबसम्म चन्द्र सूर्य आकाशमा रहन्छ
तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो

गाईसरि छन् साधु जो जो यहाँ जगतमा
सबको शरण बलियो ज‍ंगी निशान हाम्रो

शब्द – गोपालप्रसाद रिमाल
स्वर, संगीत – अम्बर गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *