Skip to content

डा. दीनबन्धु शर्मा

नगरवधू

म लगातार यौनसुखमा प्रयोग भइरहेको थिएँ । अझ यसो भनूँ, मबाट लगातार शोषण भइरहेको थियो । किनभने मलाई मेरो छाप्रो अगाडिबाटै (अचेल महललाई पनि छाप्रो भनिन्छ, ध्यान दिइयोस्)-सडकबाटै अपहरण गरिएको थियो । त्यति प्रष्ट सम्झना त होइन तर मेरो यस्तो मान्यता छ । मलाईं उसको यो क्रूर कार्य सुरूमा निकै डर लागेको भए तापनि उसको आवाजमा मेरो भयलाई विस्तारै मत्थर पार्न सक्ने सम्मोहक मधुरता थियो ।

नयाँ बर्ष

नयाँ वर्ष
डा. दीनबन्धु शर्मा
प्लुक्क दैलोमा आइपुग्यो नयाँ वर्ष। गएको साल केही गर्न नसकेको भए पनि निर्लज्ज आइपुग्छ यो। जतिसुकै सत्तोसराप गरे पनि यसमा केही सामथ्र्य त छ- यो आइपुगेको देख्ता बाल, वृद्धवृद्धा सबैका अनुहारमा एउटा ज्योति धिपिक्क बल्छ। नयाँ वर्षमा खुसी हुनुपर्छ। बाबाआमाले यही सिकाउनुभएथ्यो। सिकेकै भन्नुपर्छ।
छतमा उभिएकी म कसको प्रतीक्षामा छु ? आज चैतको १५ गते। आधा बित्यो अब अलिकति धूलो उडाउँदै बाँकी आधा पनि बित्ने नै छ। ऊ गएको ठीक एक महिना बित्यो। म मेरो लोग्नेको प्रतीक्षामा छु, अथवा नव वर्षको अर्थात् वैशाख १ गतेको। किनकि ऊ त्यसै दिन आउनेछ ।

तामा

  • by

बाँसको झ्याङमुनि आइपुग्दा अहिले घाम अस्ताइसकेको छ ।

‘चिसो छ, माटे लाग्छ कहिले त वस्तुलाई यस्तो घाँसले,’ बोकेको बाक्लो झार सिरुको बीचबीचमा गुथ्थगुथ्थ परेको रहेछ । तल कान्लामुनि सानो पानी ठाउँठाउँ लुक्तै र निक्लँदै तलपट्ट िचिसो बग्दै गएको हरियो सितलो छ ।

तीर्थयात्रा

  • by

महिला- ‘मलाई अर्को नजरले हेर्नुहोस् ।’

पुरुष- ‘म मेरै नजरले हेर्दछु ।’

महिला- ‘सक्कली होस् त्यो नजर ।’

पुरुष- ‘म तिमीलाई घृणा गर्दिनँ ।’

स्यालको हुइय्याँ

  • by

उनले एउटा सुन्दर कविता लेखेर तत्कालीन मूर्धन्य कविलाई देखाए। मूर्धन्यले नाक खुम्च्याएर भने –’यसमा परिस्कारको अभाव छ।’

उनले एउटा अर्को कविता लेखे र यसपटक अर्का क्रान्तिकारी वरिष्ठ कविलाई देखाए। वरिष्ठले भने- ‘यसमा प्रगतिशीलताको शून्यता छ।’

ऊर्मिला

  • by

विश्वविद्यालयमा सायद म पत्नी वियोगले रन्थनिएको थिएँ ।

मनिलादेखि टाढा योपाङ्गासिनान स्टेटमा सारा धर्ती आगोको कौलो भएर धडधडाइरहेको थियो र त्यसमाथिको हावा तातो धुवाँजस्तो लाग्थ्यो । दूबो रोपिएको खेलकुद मैदानमा चरिरहेका रोगी घोडाहरू पिठ्युँमा घाउ लिएर बिस्तारै पुच्छर हल्लाउँदै घाउबाट झिँगा धपाउने चेष्टा गरिरहेका थिए । त्यहाँ घोडीहरू थिएनन् । कसरी भन्न सकिन्छ र घोडाहरू घोडीहरूको वियोगपीडामा थिएन वा थिएनन् ।