संवाद
मेरो देश राम्रो बनि देशवासी बाँच्नु पर्छ
गजल ( वर्तमान परिवेशलाई )
— दिंग्लाली कान्छो
मेरो देश राम्रो बनि देशवासी बाँच्नु पर्छ
सुख दु:ख सबै बाँडी हामी साथै नांच्नु पर्छ
घर रहे सबै जात अट्छ होला यसै भित्र
फोर्छु भन्ने लाई आजै हात खुट्टा भांच्नु पर्छ
छेपाराको रंग जस्तै बोलि संधै फेरिनेको
राष्ट्रीयता छ की छैन कसी घोटी जाँच्नु पर्छ
पराईको आँखा हाली आमा चुस्ने हरुलाई
एक दिन ठिक पार्न बल बुद्धि साँच्नु पर्छ
हल्लिएको भित्तो थाम टाल टुल पारिकन
मनै देखि आफ्नो भए सारा मिलि खांच्नु पर्छ
** [ खांच्नु = माया गर्नु , चुम्नु ]
— बिराटनगर – ४, नेपाल
“एक इन्डीयनसंगको भेट”
आज बिहानको कुरा हो मेरो इम्प्लोवेर र म होस्पिटल बाट फर्किंदै थियौ बाटोमा थकाई लाग्यो एक हरियो यत्र तत्र मनिस बस्ने सुन्दर गार्डन आइ पुग्यो त्यहाँ एक जना इन्डियन केटा ब्रेंच्मा र बुढो मानिस चाहिं व्हिल चियरमा मानौ त्यहाँ इम्प्लोवेर र वोर्कर्स दुई जना बसेको रहेछन मेरो इम्प्लोवेर र म संगै तीन जना अट्ने ब्रेंच्मा… Read More »“एक इन्डीयनसंगको भेट”
पौडी खेल्दा
स्थानः बाटोछेउको पोखरी
समयः शनिबार दिउँसो
पात्रहरूः राज, पप्पु र पेम्बा (आठ वर्षे बालकहरू)
काजी र लाक्टी (पाँच वर्षे बालबालिका)
(बाटोमा पुल छ । उत्तरतिरबाट सानो खोल्सो बग्दै आएको छ । पुलको तलतिर निकै ठूलो पोखरी बनेको छ । राज, पप्पु र पेम्बा त्यही पोखरी छेउको पुलमाथि उभिएका छन् । उनीहरू त्यस काठको पुलमाथि कपडा खोल्दै छन् । उनीहरूका साथमा भाइबहिनी पनि छन् ।)
छोरीलाई पढाउन पठाऔँ
हीरामायाः यो छोरी पनि कहाँ गइ होली ? (बोलाउँछिन्) छोरी! ए छोरी! (जवाफ नआएको देखेर जुरुक्क उठ्छिन् र ढोकामा आएर फेरि बोलाउँछिन् ।) छोरी ! ए मनमाया ! सुनिनस् कि क्या हो ? (जवाफ आउँदैन । आफूले बोलाएको स्वर आफँैतिर फर्किएर आउँछ । छोरीले नसुनेको देखेर तिनलाई दिक्क लाग्छ र फेरि गुन्दि्रमा थुचुक्क बस्छे र फत्फताउन थाल्छे ।)
मुक्तिको बाटो रोज
हरिः यति मात्र होइन दिदी लात्तैलात्ताले मलाई पेटमा पनि हाने । त्यही भएर पेट दुखिरहेको छ । -रूँँदै) म यो घरमा एकछिन पनि बस्न सक्दिन दिदी । मेरो बालाई बोलाइदिनोस् दिदी । म घर जान्छु ।
गीताः हरि तिमीलाई तिनीहरूले सारै नराम्रोसँग पिटेछन् तर के गर्छौ ? न त मलाई तिम्रो बा को ठेगाना थाहा छ न त घर नै । तिमीलाई यहाँ कसले ल्याएको भन त ?
महापात्र
रङ्गमञ्चको मध्यभागमा एउटा विशाल क्यानभास देखिन्छ । क्यानभासमा पुस्तकको अर्धअमूर्त चित्र देखिन्छ । मञ्चको दायाँखण्डको अघिल्तिर कुर्सी , टेबल, कपी, किताब, कलम, टेबल ल्याम्प, डस्टविन, पानी भरिएको जग अदि सामग्रीहरू राखिएका छन् । अर्को कुनामा पुरानो दराज, सोफासेट, कम्प्युटरका साथै भित्तामा क्यालेन्डर, केही सम्मानपत्रहरू झुन्ड्याइएका छन् ।
अन्तिम नायक
पर्दा खुलेपछि रङ्मञ्चको मध्यखण्डमा एउटा ठूलो पिँजडा देखिन्छ । मञ्चको दायाँभागमा ठूलो सेतो स्त्रिmन देखिन्छ । जहाँ ब्रम्हान्डका विभिन्न दृश्यचित्रहरू चलिरहेको हुन्छ । बाँयाखण्डमा टुटेफुटेका शालिक, कङ्काल र प्रयोशालामा सामग्रीहरू छरिएका देखिन्छन् । अनौठो आवान सहितम मञ्चमा रङ्गिन धुँवा मडारिन थाल्छ । मञ्चको स्त्रिmनमा एउटा यान उड्दै गरेको दृश्य देखिन्छ । भयानक आवाजसहित त्यो यान नजिक देखिन्छ । एक्कासी अलोक हराउँछ ।