Skip to content

“यात्राको गुल्मीमा, यात्रा गर्दा …!”


यात्रामय जीवनको यात्रा यत्तिकै पनि कौतूहलपूर्ण हुन्छ । किनकि यात्राले मानसिक आनन्द दिन्छ । ज्ञान दिन्छ । यात्राको नितन्तरतामा जीवनमा नयाँ नयाँ स्वादहरू भेटिन्छन् । त्यसैले मान्छेलाई यात्रा प्रिय लाग्छ । अनि बारम्बार यात्रा गर्न हौसिन्छ मान्छे ।

यात्रा जति चुनौतिपूर्ण हुन्छ, त्यत्तिकै रोमाञ्चक पनि हुन्छ । यात्रामा पाएका हण्डर, दु:ख र अप्ठ्याराहरू अनि सु:ख, सुविधा र सुन्दरताहरू नै जीवनका एकएक खुट्‌किलारूपी पाठहरू हुन् भन्ने लाग्छ मलाई । ती अनुभवबाट नै धेरै कुरा सिक्ने र जान्ने अवसर प्राप्त हुन्छ । त्यसैले यात्रारत रहनु जिज्ञासु मानवीय स्वभाव हो । घुमेर र हेरेर धेरै कुरा सिक्न खोज्नु, मनोरञ्जन लिन खोज्नु अनि ती अनुभवहरू अरूलाई साट्न खोज्नु मानवको मौलिक स्वभाव हो ।

हुन त मैले आफ्नो जीवनमा उतिधेरै यात्राका अवसरहरू प्राप्त गरेको छैन । तर यात्राले दिने आनन्दानुभूतिबाट पूर्णरूपमा वञ्चित पनि छैन । फेरि अरूका यात्रामय जिन्दगीहरू पढ्दा र सुन्दा निकै छटपटी र उत्साह लागिरहन्छ यात्रा गर्न । लामो यात्रा गर्न । देश र परदेशको यात्रा गर्न । कत्ति पनि नचिनेको नजानेको ठाउँको यात्रा गर्न । सायद मानवभित्रको यायावरीय स्वभाव ममा पनि छ । तर समय र परिस्थितिले जुराउन नसकेको साइतलाई मेरो मनको कुनै रहरले पनि सजिलै बाटो खुलाउन सक्दैन झैं लागिरहन्छ ।

त्यसैले आजभोलि घरबाट बाहिर निस्केर जिन्दगीका यस्ता यात्राहरूलाई छाम्ने कोसिस गरिरहेको छु । त्यसैले नेपालका बिभिन्न जिल्लाहरु मेरो जीवनका सहयात्री बनेर आउन थालेका छन् । करीब १ बर्ष अगाडि मात्रै नेपालको पर्यटकीय क्षेत्र पोखरा घुम्ने मौका पाएको थिएँ । त्यो क्षेत्रमा यात्रारत मेरो जीवन पोखराका विभिन्न ठाउँमा रमायो । मेरो त्यो आनन्द तालतिर बरालिंदाले पनि निकै प्रकृति तिर डुबी सकेको थिए म ।

प्रकृतिको त्यो अगात संसारका यात्रीहरूसँगै मेरो यात्रा अगाडि बढ्यो । माध्यम बने विभिन्न ठाउँका प्रकृतिका जीवन्त छहारी र नदीका किनारहरु । ती क्षेत्रहरूमा यात्रागरीसकेपछि मलाई के लागेको थियो भने यात्रीहरूले गरेका वास्तविक क्षेत्रको यात्राभन्दा प्रकृति सग डुबेर गरिएको मेरो वास्तविक यात्रा अझ बढी फलदायी र आनन्दायी छ । किनकि म आफैं ती यात्रामा नगएको भए सायद यति धेरै जानकार हुन सक्दिनँथें किनकि मेरो यात्रामा मेरो व्यक्तित्वको परिधिले म बाँधिएको हुन्थें । आफूभन्दा फरक सोच र अनुभव भएका व्यक्तिहरूका यात्रासंस्मरणले मलाई धेरै जान्ने र बुझ्ने अवसर दिएका छन् । फरक बौद्धिक र मानसिक क्षमता अनि संवेदनशीलता भएका पात्रबाट ग्रहण गरिएका यात्रानुभवले कसलाई फाइदा नभएको होला र ? एउटै भौगोलिक परिवेश र स्थान किन नहोस् प्रत्येक व्यक्तिको नियात्राले फरक फरक कला, शिल्प र ज्ञान दिन्छ भन्ने कुरामा म विश्‍वस्त छु । त्यसैले ती सौन्दर्यको रसपानले म अझ बढी लाभान्वित भएको छु ।

यसक्रममा केही दिन अगाडि म अर्को गुल्मीको यात्रामा गएको थिय । त्यो नौलो यात्रामा नेपाल युथ भलुन्टरी क्लब (NYVC) ले गुल्मीको देबरुङ पर्यटकीय क्षेत्रमा गर्न लागेको केही सदस्यहरुको बैठकले आफ्ना शिल्प, अनुभूति र आफ्नो यात्रालाई रङ्गाएर मलाई नियात्राको रोचकतामा औपन्यासिक स्वाद दिन सफल भएको छ । मेरो गुल्मी प्रतीको रुची र गुल्मेली मन आख्यानात्मक स्वाद लिंदै यात्राको कौतूहल सिंढीहरू लगातार चढिरयो चढिरयो ।

केही दिन अगाडि मेरा साथीको हातबाट उपहारका रूपमा प्राप्त गुल्मी जाने निमन्त्रणा पत्रले मलाई बसमा रमाउदै यति रोमाञ्चक तरिकाले गुल्मीको यात्रामा लैजाला भन्ने कुराको अनुमान मैले गरेको थिएन । अझ यस जिल्लाको सामान्य भूमिकाले त्यति उत्साहित बनाउन नसकेको मेरो मन गुल्मीभित्र पस्दा यति रोमाञ्चक रूपमा रूपान्तरित होला भन्ने त धेरै परको कल्पना थियो । एकैपल्ट उपहारका रूपमा पाएका दुई निमिन्त्रणा पत्रमा यसले पहिलो स्थान पाउनु पनि यसको बिशेष परिचय नै हो । तर अकबरी सुनलाई कसी लगाउन पर्दैन भनें झैं जब मेरो मन गुल्मीको पहिलो भागतिर विचरण गर्न थाल्यो तब उसले विश्राम नलिने निर्णय गर्‍यो । गुल्मीको बिशेष रोचकताले डुबायको थियो । त्यो रोचकता मलाई मात्रै लागेको हैन मेरा साथीहरु र (NYVC) का सदस्यले पनि यस जिल्लालाई उत्तिकै रुचिपूर्वक लिएपछी यसमा केही शब्द लेख्‍ने जमर्को गरेको छु ।

गुल्मीको बारेमा लेखीएको पुस्तक पढ्दा र अहिले ‘यात्राको गुल्मीमा, यात्रा गर्दा’ लागेको थियो, गुल्मी कति प्रकृतिसग जीवन्त होला? अझ यात्रा सुरु गरिकोएको स्थान गुल्मी वा गुल्मीको सिमाना जिल्लाहरु बाग्लुङ, पाल्पा, पर्बत, स्यांग्जा, अर्घाखाँची, प्युठान नभएर काठमाडौं हुनाले पनि मेरो मन एक किसिमले विरक्तिन सक्छ । जुन मलाई भएको थियो । तर मेरो अनुमानलाई मेरो रोमाञ्चक यात्रु मनले लोप्पा ख्वाइदियो । यसपछि मेरो विरक्तिन मनले भन्यो – गुल्मीमा मेरो मन विरक्तिन हुनु अरु जिल्लाबाट गुल्मीकै यात्रा सुरु गरेको कारण हुन सक्छ र अरु जिल्ला प्रतीको मेरो सद्भभाव! तर मेरो यात्रा गुल्मीप्रतीको इमान्दारिता र सत्यता हो । अनि वास्तविक यात्रामा मेरो मनलाई तान्न सक्नु गुल्मीको प्रकृतिक सफलता हो ।

गुल्मीको तम्घास, रिडी, रुद्रवेणी, खैरेनी, चोरकाटे, शान्तिपूर हुँदै अघी बधेको मेरो यात्रा गुल्मीको देबरुङ सम्म पुगेर अन्ते भयो । हिंड्दा हिंड्दै म गुल्मीको त्यो प्रकृतिमा यसरी बगें, मानौं यात्रामय जिन्दगीको औपन्यासिक कलाले मलाई मोहित बनायो । गुल्मीका गुल्मीबासी र घटनाहरूसँग यति तादात्म्य बढ्यो, तिनलाई टुङ्गोमा नपुर्‍याई छोड्न मन लागेन । फेरि यात्रासकेपछि पनि मनमा एकप्रकारको आनन्दानुभूति भइरह्यो ।

त्यहाँ यात्रु यात्रारत छन्, मलाई बेलाबेलामा दुबिधा भइरह्यो । तर यात्रुसँग यात्रारत मेरो मनले यति धेरै चरित्रको वास्तविक चित्र, यात्रारत भूगोलको प्राकृतिक परिवेश, रहनसहन, वेशभूषा, र संस्कृति एकैपल्ट मेरो मन र अन्तरमनमा चित्रमय कोलाज बनाएर हालिदेला भन्ने न मेरो पूर्वानुमान थियो न कल्पना ।

लेखनको कसीमा खरो उत्रनेहरू सामान्य कुरोलाई पनि सुन्दर र विशिष्‍ट ढङ्गले उतार्छन् । तर प्रकृतिसगको मेरो बास्तबिक यात्रा नीकै सफलतापूर्ण थियो । यस लेखमा मैले यात्रा गरेका बाटो, परिवेश, समाज, गुल्मीमा भेटिएका गुल्मीबासी पात्र र तिनका मनस्थिति निकै सुन्दर र आकर्षक तरिकाले उतार्ने कोशीस गरेको छु ।

बाह्र दिन सम्म यात्रारत मेरो त्यो यात्रा प्रत्येक दिनहरू सामान्य लम्बाइका छन् । काठमाडौंमा माओवादीले आन्दोलन सुरु गर्न लागेको अगाडिको कुनै एक दिन अपरान्ह दुई बजे रत्‍नपार्कबाट सुरु भएको यात्रा थानकोट, बुटवलबाट पाल्पा हुँदै गुल्मी पुगेको थियो । अनि गुल्मीका रिडी र देबरुङजस्ता पर्यटकीय क्षेत्रहरू फन्को मारेर आफ्नै भूमिको प्रेममा रमाउन आइपुगेको छु ।

पहिलो दिन रत्‍नपार्कबाट सुरु भएको मेरो यात्रा स्थलमार्ग हुँदै गुल्मी जाने क्रममा बुटवलसम्म पुगेको थियो । वसपार्कका टिकट बेच्ने मान्छेहरूको गैरजिम्मेवारीपन, उनीहरूको व्यवहारमा देखिएको व्यापारिक मानसिकता, रत्‍नपार्क देखी बुटवलसम्मको लामो यात्रामा गाडीभित्रको असजिलोपन, यात्राका क्रममा भेटिएका विभिन्न पात्रका चारित्रिक विशेषता, सामाजिक समस्या, शैक्षिक क्षेत्रका विकृति, मुगलिङका होटेलको अवस्था र रात्रिबसमा यात्रा गर्दाको असुरक्षित मानसिकतालाई यस दिनले समेटेको थियो ।

दोस्रो दिनमा यात्रा बुटवलदेखि पाल्पासम्मको थियो । बुटवलको वसपार्कका टिकट बेच्ने कर्मचारीले सोझासिधा जनतालाई गर्ने ठगी, अनि पाल्पाको चेकपोष्‍टमा पुलिसले यात्रुलाई दिने गरेको नचाहिने सास्तीको वर्णन समेटेको थियो यस दिनले ।

तेस्रो दिन यात्रा पाल्पाबाट बतासे डाडा हुँदै जोर्ते पुगेको थियो । बतासे डाडाबाट गुल्मी रिडी सम्मको रात्रिबस यात्रामा गोर्खेलीसाथी भेटिएको र उसँगको गुल्मी र गुल्मीभाषा को कुरोको वर्णन यसमा छ । बसमा पकेटमारको त्रास, बसस्टपबाट पाएको पिडा, केही समय आराम गर्दा जोर्तेमा होटल व्यवसायीद्वारा झन्डै ठगिएको प्रसङ्ग र यात्रा गर्द पाएको दु:ख अति रोचक रूपमा आएका छन् आज यो लेख लेख्दा । नेपाली भूमिमा नै पाएको सास्तीले मेरो मन यतिसम्म दु:खेको थियो, आफ्नो पीडा व्यक्त गर्ने आवेशमा मैले लेखेको छु – “म गरुङ्गो मन बनाउँदै घिनलाग्दो मान्छेले बास गर्ने जोर्तेको भूमि छोड्छु ।” तर कुनै सीमित व्यक्तिहरूले अभद्र व्यवहार गरे भन्दैमा जोर्तेलाई नै गाली गर्ने मेरो मनस्थिति अलि चर्को हो कि झैं भान हुन्छ अहिले म आँफैलाई ।

चौथो दिनमा गुल्मीको कफि खाँदै बल्ल म गुल्मी रिडीको न्यानो स्वागतमा प्रवेश गरे । आकाशमा मडारिएको कालो बादल र सिरसिरे हावाका बेगहरूसँगैको पानीका थोप्लाले गुल्मीको सम्भावित प्राकृतिक प्रकोपको सङ्केत गरेको हुन्छ । जोर्तेको इतिहास सम्झिंदै आफ्नो स्वतन्त्रताको लागि मैले गर्नुपरेको सङ्घर्षको कथा पनि भावनात्मक रूपमा वर्णन गरेको छु! म गुल्मीप्रति अलि बढी भावुक र पक्षपाती देखिएकोले पनि हुन सक्छ मलाई रिडी बासीले पनि राम्रो व्यवहार प्रदर्शन गरेका थिय । त्यसदिन आँधीबेहरी आउने कुरो भएको हुनाले त्यहीं बास बस्न आग्रह गर्छन् । तर दिन बाँकी नै रहेकाले स्वाभिमानी यात्री आफ्नै यात्रामा अगाडि बढ्छु । दिउँसो आएको हावाहुरी र ठुलो बर्षाले गर्दा मैले तम्घास जाने बस पाउँदैन र अन्तै कुनै सामान्य लजमा बासबस्न पुग्छु । राति पनि हावाहुरी र ठुलो बर्षा आउँछ र सबैको उठीबास गराउँछ । लजका मालिक सहित म कुनै सुरक्षित घरको सिंढीमा बसेर रात बिताउँछौं । यस दिनमा मनवीय भावना र सम्बन्धका कुराहरू अत्यन्तै मिहिन रूपमा आएका थिय । “मालिक बालकलाई छातीमा टाँस्छन्, म झोला काखीमा च्याप्छु । ‘म्याँ म्याँ’ ढोकाबाट बाहिर निस्किनै लाग्दा बाख्राको त्यो कराइले मेरो मुटु चसक्कै घोच्छ । मानिस कति स्वार्थी ! आफू सुरक्षित भए पुग्यो । कठिनाइमा नै निमुखालाई बिर्सिने हो भने धर्मको सार नै के रह्‍यो र ? म बाख्रा पनि आफूसँगै लैजाने सल्लाह दिन्छु लजका मालिकलाई, …।”

रातभरिको हावाहुरी र ठुलो बर्षाबाट ज्यान जोगाउन सफल भएपछि भोलिपल्ट बिहानै म तम्घासका लागि बसपार्कतिर लाग्छु । आँधीले जतासुकै गरेको विनासको कारुणिक चित्रण यस दिनले गरेको थियो । आँधीले बिगारेको सडकमा कुनै सबारी साधन नपाएपछि बल्लबल्ल हिंडेर भयपनी आधा घण्टाको बाटो एक घण्टा लगाएर जेसोर बसपार्क पुग्छु । त्यहाँ मलाई गाडी पाउने नपाउने चक्करले सताउँछ भने रिडी बासीलेहरूको हार्दिक व्यवहारले अचम्भित बनाउँछ ।

पाँचौ दिनले गुल्मेली प्रकृतिको ताण्वनृत्य र त्यसबाट भएको धनजनको क्षतिको कारुणिक चित्रण समेटेको थियो । रिडी बजारमा बसको प्रतीक्षा, धेरै समयसम्म बस नआएपछि एकजना गुल्मेली ठिटोसँगको भेट र मित्रता अनि उसैको घरमा पुगेर आराम गर्नु, रिडी बजार घुम्नु, उसका जीवनका विभिन्न सुखदु:ख सुन्नु र रात त्यहीं बिताउनु जस्ता घटनामा छैटौं दिन अगाडि बढेको थियो । रिडीमा अपरिचित मान्छे माथिको अत्याचारको कथा अत्यन्त कारुणिक रूपमा त्यो दिनले देखाएको थियो । एउटा गुल्मेली मित्रको संवादले यसलाई देखाउँछ – “प्राकृतिक घटनालाई त कसले रोक्न सक्छ र ? दु:ख त मानवीय घटनाको बढी हुन्छ जहाँ आस्थाकै आधारमा एउटा मानवले अर्को मानवलाई तहसनहस गर्न डर मान्दैन ।” विशेषगरी गुल्मेलीको हार्दिकता र सहृदयी भावनालाई पनि यसले चित्रण गरेको थियो ।

सातौं दिन रिडीबाट गुल्मेली मित्रसँग तम्घास पुगी त्यसपछि रेसुंगा क्षेत्र पुगेको घटना छ । झिसमिसेमै बसपार्क हिंडेका यात्रीहरू समयमा बस नआएर हैरान हुन्छन् । रिडीको बसपार्क वरिपरिको अवस्था, अघिल्लो दिनदेखि बसको प्रतीक्षामा बसिरहेका यात्रुको बेहाल, पार्क नजीकै रहेको खोलाको वरिपरिनै दिसापिसाब गरिरहेका मान्छेहरूको असभ्यता, बसको यात्रा र सारा गुल्मी जिल्ला घुम्ने सपना, आदि यस दिनले चित्रण गरेको थियो । बसयात्राकै क्रममा अर्को साथी सुजनको साथ लागेर हामी उनको ससुराली तम्घास पुग्छौ । त्यसपछि सुजनको ससुरालीमा खानपिन र आतिथ्य ग्रहण गरी सुजनकी पत्‍नी र छोराका साथ रेसुंगा क्षेत्र पुग्छौ । रातको बाह्रबजे रेसुंगा पुगेका हामीहरु जहाँ म साथीसँग हिंडेर होटेल तिर लाग्छु । यस दिनले पनि गुल्मेलीहरू भद्र र सहृदयी व्यवहारबाट मेरो मन आश्‍वस्त बनेको थियो । तर रेसुंगामा त्यति धेरै सहयोग गर्ने होटल व्यवसायी मित्रको पारीवारिक घर झगडा र सुजनको छोरालाई बिसन्चो हुनुले त्यो दिन अलि खल्लो जस्तो लाग्यो ।

आठौं दिन रेसुंगामा केही बेर भ्रमण गरी पूर्ण तम्घास हुँदै रिडी पुगेका थियौ । यसक्रममा मैले तम्घासको प्राकृतिक सौन्दर्य, यसको मौलिकता र बदलिंदो समय र राजनीतिक खिचातानीसँगै तम्घासले गुमाउँदै गएको मौलिकताप्रति चिन्ता व्यक्त गरेको थिय । “आजको आर्थिक कठिनाइ र पश्‍चिमी सभ्यताबाट निसासिंदै आएको तम्घासले त्योभन्दा ठूलो पीडा त धार्मिक र भाषिक कचिङ्गलबाट भोगिसकेको छ । बाग्लुङबाट स्वतन्त्र गुल्मीको घोषणा गर्दा निकै गुल्मेलीबासीहरूले रगतसँग खेल्नुपर्‍यो । गुल्मेली मात्रीभुमीलाई कायम राख्‍न निकै राष्‍ट्रसेवक र गुल्मेली प्रेमीहरू बलिदान हुनुपर्‍यो ।” त्यहाँको सङ्ग्राहालयमा पुग्दा १२ बर्से माओवादी जन युद्ध र सैनिकहरूले गरेको ज्यादतीका नृशंसताका तस्बीरहरूले मेरो शरीरनै काँपेको थियो । त्यहाँका शहीदप्रति सम्मान प्रकट गरेको थिय मैले । तम्घासको यात्राको क्रममा होटेल नजिकै भेटिएका बालकको जिज्ञासु र निश्छल व्यवहारले अर्को आख्यानात्मक चरित्रलाई उतारेको थियो । केही छिननको रिडी बसाइपछि म रुद्रवेणी, खैरेनी, चोरकाटे, शान्तिपूर हुँदै मेरो यात्रा गुल्मीको देबरुङ तर्फ पाइला सर्छ । यो भागमा रातको यात्रा, रिडी देखी रुद्रवेणी सम्मको जटिलपूर्ण नदी किनार, बिहानीमा ब्युझेको रुद्रवेणीको प्रकृति, खैरेनी बजारको स्वागत, चोरकाटेको बिहानि भोजन, रुपकोटको चिसो हावा, शान्तिपूर बसपार्कको परिवेश, साथी सत्कारको प्रतीक्षा, समयको अन्तरालमा भेटिएको मित्रसँगको खुशी, शान्तिपूरका सत्कारका आफन्तसँगको मीठो भेटघाट र स्वागत, सत्कारकी आमाको ममत्व, शान्तिपूर बजारको को भीडभाड, चक्रेश्वोर मन्दिरको यात्रा, त्यहाँको जनसङ्ख्याको चाप, शान्तिपूर मा मज्दुरी गरेर जिबीको चलाऊनेहरूको दयनीय जीवन, बजारको संस्कृति र त्यहाँका बासिन्दाको समय प्रतीको कडा अनुसासन तथा सामाजिक आडम्बर आदिका बारेमा मेरो रुची नीकै बढ्यो ।

नौ दिन, सत्कारको गाउँको घर देबरुङ तर्फ लाग्छौं ! त्यस पछी बल्ल मलाई याद आउछ: नेपाल युथ भलुन्टरी क्लब (NYVC) ले गर्न लागेको केही सदस्यहरुको बैठक यही ठाउँ “गुल्मीको देबरुङ” मा गर्ने भनेर सबै साथीहरु यहाँ म हिंड्नु भन्दा २ दिन अगाडिनै काठमाडौंबाट हिंडेका थिय ! म झसँग हुन्छु, र साथीको मोबाईलमा फोन हान्छु कुरा गर्दा सबै बैठक सकेर काठमाडौं फर्की सकेकको जवाफ मिल्छ र मलाई फेरी छिट्टै काठमाडौं फर्कन आनुरोध हुन्छ! म फेरी आफ्नै संसार तिर रमाउन लग्छु! सत्कारकी युवती र चञ्चले बहिनी शान्तिसँगका उत्सुकतामय वार्तालापहरू तथा काठमाडौं घुम्न जाँदा सत्कार र म पशुपती घुम्न गएको सम्झना पनि गरेका थियौ । शान्तिपूर बजार वारी पारी भयका बन जङगल, छल छल बग्ने नदी, नजिकै बाग्लुङ जिल्ला जोड्ने थप्लुङ फाटसम्मको को यात्रामा सत्कारकी युवती र बहिनी शान्तिसँगका कुराकानी, उसको आधुनिक सोचको युवाजन्य व्यवहार र त्यसबाट मलाई पर्न गएको अप्ठ्यारो, काठमाडौंका बारेमा अनभिज्ञ शान्तिका काठमाडौंप्रतिका विभिन्न जिज्ञासाहरू र तुरुन्तै काठमाडौंको सौन्दर्यको रसपान गर्ने उसको चाह, तर छोरी भएकै कारणले सजिलै काठमाडौं घुम्न जान आमाबाबुबाट अनुमति नपाउने शान्तिको नाजुक अवस्था, शहरेली भन्ने वित्तिकै खैरो कपाल, गोरो छाला र धनी सोच्ने आम गुल्मेली सोचाइ, शान्तिपूर र देबरुङ क्षेत्रको प्राकृतिक सौन्दर्यको वर्णन आदिले त्यो दिनलाई जीवन्त र रोचक बनाएको थियो ।

दशौं दिनमा शान्तिकी साथी सुशीको घरमा मेरो लागि निम्तो आउँछ र म त्यता जान तयार हुन्छु । सुशीको घरमा पुगेर उन्का परिवारलाई भेट्दा मलाई जति रमाइलो हुन्छ, टिकाराम पौडेलका दुईजना बढेका छोरीहरूलाई योग्य वर नमिलेको र स्वयम्‌ म आँफैलाई उनीहरूको ज्वाइँ बनाउने चाहनाले मलाई लाई अत्याउँछ । त्यहा गुल्मीको केही बिकट ठाउँमा बस्ने सीमित मानिसहरूको नाजुक अवस्थालाई देखाइएको थियो त्यो दिनले । बढेका छोरीहरूलाई विवाह गर्न नसकेका टिकारामको शहरेली मानसिकतालाई एघारौं दिनले राम्ररी देखायको थियो। अनि आफैंलाई ज्वाइँ बनाउन चाहेका टिकारामलाई आफू विवाहित भएको कुरो गरी नाटकीय रूपमा उम्किन सफल भयको थिय । त्यहाँ मेरो नारीप्रतिको स्वन्त्रचिन्तन पनि थियो । तर उमेरदार अविवाहित म टिकारामकी सुन्दरी छोरी सुशीप्रतिको आकर्षण पनि उत्तिकै औपन्यासिक ढंगमा प्रस्तुत गर्न खोजेको थिय ।

बाह्रौ दिनमा मेरो यात्रु मन आफ्नो शहरको मायामा चुर्लुम्म हुँदै काठमाडौं फर्किएको थिय । केही समयका लागि भए पनि एउटा घरको आत्मीय सदस्य बनिसकेकोले मलाई त्यो घरबाट छुट्‍‌टिन गाह्रो हुन्छ । तर सत्कारकी बहिनी शान्तिको अनुरोधलाई बेवास्ता गर्दै म आफ्नो यात्रामा अडिग हुन्छु । फर्किंदा म हवाइमार्ग रोजे पनि गुल्मीको रेसुङगा विमानस्थल बनीनसकेकोले म फेरी देबरुङ, शान्तिपूर, चोरकाटे, खैरेनी, रुद्रवेणी, रिडी, जोर्ते, पाल्पादेखि बुटवल हुँदै मेरो यात्रा भैरहवा राष्ट्रिय विमानस्थ सम्म आई पुग्छ । भैरहवाको राष्ट्रिय विमानस्थलको अत्याधुनिकता, नेपालका व्यापारीहरूको राष्ट्रिय भन्सार चोरी गरी गर्ने व्यापारिक मानसिकता र नेपालीहरूलाईनै भरिया बनाएर गरिने उनीहरूको नौलो व्यापारको अनौठो कथाले त्यो दिनलाई अझ रोचक बनाएको थियो । त्यसको एउटा उदाहरण – “सबैको शरीरमा दुदुइवटा ज्याकेट, तीनचार जोर जिनका पाइन्टहरू, चारपाँच जोर मोजा, स्पोर्ट जुत्ता, गोजीमा तिनचारवटा महँगा कलम, टाउकामा टोप, हातमा डायरी, नाडीमा दुदुइटा घडी, सुनको सिक्री, औंठी, कम्मरमा पेटी देख्छु । ती पहिरनले भक्क फुलेका युवाहरू मुस्किलले हिंड्दै मेरै सामुन्नेको बेन्चमा ताँती लागेर उभिन्छन् । म वास्तविक संसारमा छु वा कुनै दोस्रो ग्रहमा ?” भन्सार छलेर देशको आयस्रोत टेबुलमुनिबाट भागबन्डा लागिरहेको देख्दा मलाई दुख्छ । अनि म ठहरमा पुग्छु – “जहाँ इमान्दारिताको खडेरी लागेको छ, त्यहाँ जस्तोसुकै कानुनहरू पनि ढलेका छन्, जस्तोसुकै नीति पनि खिया लागेको हुन्छ ।”

वास्तवमा त्यो यात्रा एउटा यात्रावृत्तान्त मात्रै नभएर मानवीय स्वभाव र चरित्रको विश्‍लेषण गर्ने एउटा सुन्दर एतिहासिक यात्रा हुन पुगेको थियो । अर्कातिर मैले आफ्ना तर्फबाट भनौं वा गुल्मीका तर्फबाट नेपालको गुल्मी जिल्लाका प्राकृतिक सौन्दर्यको बखान गरी आफ्नो मनभित्रको जिल्लाप्रेमी भावनालाई उद्‌घाटित गर्न खोजेको छु।

(प्रस्तुत लेख मेरो गुल्मीजिल्ला भर्मणलाई विश्लेषण गरेर लेखिएको हो)

– राजेन्द्र गौतम

(जोनल रेप्रिजेनटेटिभ, नेपाल युथ भलुन्टरी क्लब)

(उपाध्यक्ष, नेपाल युथ भलुन्टरी क्लब काठमाण्डौ)

http://rajendragautam.webnode.com

2 thoughts on ““यात्राको गुल्मीमा, यात्रा गर्दा …!””

  1. mridu ji…!!!!
    sachikai

    mridu ji…!!!!

    sachikai yatra sadhaiveri soche jasto ramailo hudo raincha, yaatra ma payakaa dhukha ra hunder harule nai garda naya yatra ko janma dido raicha. Ani jun yatra dherai chunatipurna ra kathin huncha tei yatra nai etihas var ko lagi awasmarainiya bando rayecha. Aba aayaune din haru ma pan mai naya yatra ko parkhai ma chhu.

    Thank You

Leave a Reply

Your email address will not be published. Required fields are marked *