Skip to content

विजय सागर

BijaySagar

क्रान्तिकारी विश्वेश्वर महाकाव्य : मेरो आँखामा

केही महिना अघि बुटवलमा भएको एउटा साहित्यिक कार्यक्रममा बहिनी कृष्णादेवी शर्मा श्रेष्ठले प्लाष्टिक कागजले बेरिएको मोटो मोटो पुस्तक मेरो हातमा दिंदै भनिन् – दाजु ! यो तपाईंलाई । आफ्नो हातमा लिएर प्लाष्टिक खोलेर पुस्तक हेरें । स्वयं कवयित्री कृष्णादेवी शर्मा श्रेष्ठद्वारा लिखित क्रान्तिकारी विश्वेश्वर महाकाव्य रहेछ । नेपालको हर क्षेत्रमा विशेष गरेर राजनीतिक र साहित्यिक क्षेत्रमा विश्वेश्वरप्रसाद कोइरालालाई नचिन्ने मान्छे विरलै होलान । यस्ता महान व्यक्तित्वलाई नायक बनाएर लेखिएको क्रान्तिकारी विश्वेश्वर महाकाव्य पाएर म मख्ख परें । तर जब मैले महाकाव्यको आकर्षक मुखपृष्ट पल्टाएँ । अर्को पानामा लेखिएको थियो – दाजु ! समीक्षार्थ समर्पित । म झसङ्ग भएँ । साहित्यमा रूचि राख्ने म त एक सामान्य पाठक पो हुँ । समीक्षक त हैन । तर मैले मनमनै भने बहिनीले स्नेहसाथ समीक्षार्थ भने पनि पाठकीय टिप्पणी चाहि पक्कै लेख्छु । त्यही अठोट अनुसार महाकाव्य पढें ।

महाकवि देवकोटा ः अनेकका आँखामा

  • by

महाकवि लक्ष्मीप्रसाद देवकोटा बहुआयामिक व्यक्तित्वका धनी भएका हुँदा उनी नेपाली भाषासाहित्यका सगरमाथा भए । लक्ष्मी पूजाको दिन जन्मेर पनि सरस्वतीका वरदपुत्र बनेका महाकवि देवकोटालाई नचिन्ने नेपाली विरलै होलान् । नेपाली भाषासाहित्यलाई संसारका सर्वोत्कृष्ट भाषासाहित्यहरूको दाँजोमा उभ्याउने उनको प्रयासको जति प्रशंसा गरे पनि कमै हुन्छ ।

समयका पखेटाहरू

  • by

मदनलाई मेडिकेयर अस्पताल चाँडै पुग्नु पर्ने थियो । नेपालगञ्जबाट बिरामी मामालाई त्यहाँ ल्याइएको रहेछ । सातदोबाटोबाट मदन माइक्रोबसमा चढ्यो । मनमा कुरा खेलाउँदै एक सुरमा रहेको बेला – नमस्ते मदनदाइ ! – यौटा नारी आवाजले झस्काई दियो । उसले देख्यो – आफूसँगैको सिटमा बसेकी यौटी अधवैंसे महिला आफूलाई नमस्ते मुद्रामा हाँसिरहेकी थिई ।