Skip to content

अनमोलमणि

स्खलन

  • by

घाम अस्ताएको थियो। अर्थात्, भर्खर खरानी झरेको झरझराउँदो कोइलाजस्तो गाढा सुन्तला रंगको एउटा चाक्लो पश्चिम आकाशबाट पर्तिर कतै बिलायो। त्यसका तीखा रेसादार किरण आकाशतिर गएका थिए। ती कहाँसम्म पुगेका थिए, फैलिएको आकाशमा मेरा आँखाले राम्ररी ठम्याउन सकेनन्। जमिनमा विस्तारै अँध्यारो घोप्टिने तरखर गर्दै थियो। अँध्यारो भइसकेको थिएन।

उखरमाउलो गर्मी थिएन। घामले हल्का राप जमिनबाट आइरहेको थियो। त्यसमा केही गन्ध महसुस गर्न सकिन्थ्यो। जाडो सकिएको थिएन। तर, बाक्ला लुगा लगाउनैपर्ने भने थिएन। राति चाहिँ कम्मल नओढी सुत्न गाह्रो थियो।

रातो डायरी

  • by

प्राविधिक कारणले उडान केही घण्टा डिले भएको सूचना प्रस्थान-कक्षमा प्रसारण भयो। यात्रुहरू चलमलाउन थाले। उठेर घुँडा तन्काएपछि म फेरि बेन्चमा बसेँ। पुस्तक हातमै थियो। अचानक उसलाई कुनाको बेन्चमा देखेँ। खैरो झोला बोकेको उसले दायाँतिर टाउको घुमाउँदा हाम्रा आँखा जुधेका थिए।

ऊसितको यो मेरो चौथो भेट थियो।

जेब्राक्रसमा उभिएर

म जेब्राक्रसमा उभिएको थिएँ । ऊ पारपट्टि थिई । लमतन्न सडकले हामीलाई छुट्याएको थियो ।
ऊसँगको मेरो यो दोस्रो भेट थियो । म उभिएको पछिल्तिर पुस्तक पसल थियो । दुई पाउ जमिन ओगटेर म जहाँ उभिएको थिएँ, त्यसको ठीक अघिल्तिर लमतन्न पिच सडक सुतेको थियो । मेरो टाउकोमाथि नसुहाउँदो गरी जेलिएका बिजुलीका तार थिए तर त्यसभन्दा माथि खुला आकाश घोप्टिएको थियो । हल्का हरियो रङ पोतिएका बिजुलीका खम्बाहरू मेरै लहरमा उभिएका थिए ।

पीडा नायक

मैले साह्रै कर गरेपछि त्यस साँझ उसले भन्यो—’घटनाको पीडा मैले अनुभव गरेको छु। सुन्नेले मात्रै अनुमान गरिदिन सक्छ। उसले यसलाई कुनै चलचित्रको कथा ठानिदिन सक्छ। यो घटना सम्झेपछि मलाई रक्तचाप बढ्लाजस्तो हुन्छ। पृथ्वी हल्लिएजस्तो हावाका लप्काहरु एकैचोटी तातो मुस्लो बनेर आएजस्तो हुन्छ। आज म मेरो मुखबाट अन्तिम पटक यस विषयमा भन्दैछु। सत्य राम राम यसपछि म कसैलाई पनि यस विषयमा चिम्टी पनि बताउने छैन।’

प्रेमपत्र

  • by

झिनो सम्झना पनि बन्न सक्दैन मेरालागि
र म हरेक साँझ निर्ममतापूर्वक च्यात्छु प्रेमपत्रहरू
नागबेली बाटाहरु बीच
बालुवामाथिको यात्रामा छौं हामी
धमिराको देवलजस्तो वा
बालुवाको घरजस्तो छ तिम्रो सपना

उस्तैः एक प्रयोग कथा

  • by

काठमाडौँ शहर घरहरूको जङ्गलले छोपिएको थियो। जबरजस्ती तन्किएका साँघुरा सडकमा साना ठूला गाडी एकसाथ चिप्लिएका थिए। किसिमकिसिमका एकएकवटा अनुहार बोकेका मानिसहरू गाडी जति छिटो त चिप्लिएका थिएनन् तर स्थिर थिएनन्। उनीहरू मनजस्तै अस्थिर खुट्टा लिएर कतै गइरहेका देखिन्थे।

टेस्ट्युब बेबी र मेरी प्रेमिका

रात छिप्पिँदै बिस्तारै कालो बन्दै गइरहेको छ। बहिर कुकुर कराएको सुनिन्छ। पर कतै मोटरको मधुरो आवाज पनि आइरहेको छ। ठीक त्यही वेला मैले आफ्नो कोठाको कम्प्युटर अन गरेँ र टेलिफोन लाइन थुतेर इन्टरनेट जोडेँ। शायद यो त्यस्तै राति बाह्र बजेको समय हुनु पर्छ।
म यतिखेर इन्टरनेटमा बस्नुमा यौटा रमाइलो सन्दर्भ छ। पछिल्ला दिनमा मैले रमाइलो च्याट पार्टनर फेला पारेको छु। उसका अभिव्यक्ति मलाई निकै मन पर्छन्। यति चाखलाग्दा हुन्छन् कि म ऊबाट धेरैथोक सिकिरहेको अनुभव गर्छु। उसका कुराहरु जति चाखलाग्दा हुन्छन्, उत्तिकै अचम्मलाग्दा पनि। उसैसँग कुरा गर्न म आज पनि यो मध्यरातसम्म बसेको छु।

बाटैबाटो

  • by

ग प्रसाद नेताले देश यसरी हिँडनुपर्छ भनेर एउटा बाटोको खाका बनायो र काम सुरु गर्‍यो । उसले सुरु गरेको बाटोलाई विपक्षीले मन पराएन । बाटोको विषयलाई लिएर विवाद भयो, भनाभन भयो र झगडा पनि भयो ।

मानवअधिकार

  • by

केही व्यक्तिहरूले रातो कपडामा सेता अक्षर लेखिएको एउटा तूल टाँगेर नारा लगाउँदै गन्तव्यतिर हिँडे । उनीहरूले त्यो तूल टाँगेको एकजनाले नजिकैबाट हेरिरहेको थियो । टाँग्नेहरू ओझेल परिसकेपछि पनि उसले निकैबेर त्यो तूललाई हेरिरह्यो र मुसुक्क मुस्कुराउँदै आफ्नो शरीरतर्फहेर्‍यो ।

अकारण

आइतबार

…र, खुला झ्यालबाट पसेको हावाको शीतल मुस्लो सा“घुरो कोठाको चौकुनामा ठोक्किएर भित्ताको क्यालेन्डरलाई जबरजस्ती गर्न खोजिरहेको छ । हावाको जबरजस्तीले क्यालेन्डर विस्तारै आफूलाई ऊप्रति र्समर्पण गर्दैछ । केही क्षण नाइनास्तीको प्रतिवादमा छटपटि“दै क्यालेन्डरका पानाहरू विस्तारै पल्टिरहेछन् । पश्चिम भासि“दै गरेको पहे“लो र्सर्ूयको तीखो किरण अगाडिको टेबुलमा बजारएिको छ । र, त्यसको टकले मेरो मथिङ् गलमा चक्मा दिइरहेको छ ।

स्वास्नी हुन नसकेकी प्रेमिका

नीलो अन्धकार पूरै टक्टकिएर छेवैको रूखको कापबाट आएको घामको किरण मेरो अनुहारमा परेकै बेला उसले बोलायो, “जमुना !” जतिबेला म उही पुरानो छाता बोकेर बूढो घण्टाघरमुनि उभिएकी थिएँ । रातभरि यो कुमारी मैदानसँग सुतेर, खेलेर र नङ्ग्याएर यो धुलौटे सडकबाट अँध्यारो भागेजस्तै उसको आवाजसँगै मेरा धेरै तन्द्रा एकैचोटि भागे । सोचेँ, “म को हुँ ? को हो जमुना ? को हो यो पुरुष ? उसले खोजेकी जमुना मै हुँ ?”

कार्नेसन, धूवाँ र तिम्रो झझल्को

  • by

साझ अबेर बितिसकेको छ । पिनाज मसानी र अविदा परविन सुनिरहेको छु । र, तिम्रो झझल्को आखामा टासिएको छ ।
सहरको लामो सडक त्यसैगरी तन्किरहेको छ । तर, गाउमा काटिएको झोलुङ्गे पुल बनाइएको छैन । सहरका पुलहरू पनि मक्किसकेका छन् । भाच्चिने सम्भावना धेरै छ । सहर कोलाहलमय छ र निर्जन छ । चिनिएका अनुहार कोही छैनन् । सबैमा तिम्रो अनुहार ठम्याउन खोज्छु । पाउदिन । सडकछेउका खिरिला रूखका मसिना झिक्रामा बेतोडले कुद्ने गाडीको धूवाको कालो पोतिएको छ र ती निहुरिएका छन् सडकमा र्झन । म पनि त निहुरिएको छु अब † सीधा छैन म यहा“ ।

जून

त्यो जून
तिमीले हेर्दा तिमीजस्तो हुन्छ

एक्लो एकान्ते
बादल जस्तै उड्छ सम्झना
र पानी जस्तै दर्किन्छ पीडा
तिमी भित्र पनि म भित्र पनि,
उस्तै छ आकाश
तिम्रै मन जस्तो-चौडा
तिम्रै अनुहार जस्तो चम्किन्छन् हररात ताराहरु
र लजाउँछन् एक अर्कासँग
त्यसैले त्यो जून
तिमीले हेर्दा म जस्तै हुन्छ
र मैले हेर्दा तिमीजस्तै हुन्छ

शहर’यात्रा

  • by

उसका रुप कति थिए कसैलाई थाहा थिएन। ऊ आफ्ना केही रुप जङ्गलमै छाडेर शहर’यात्रामा निस्क्यो। शहर’यात्राको पहिलो दिन ऊ चौबाटोमा पुगेर उभियो। ऊ उभिएको बाहेक अरू बाटाहरू तीनतिर छरिएका थिए। ऊ आएको बाटो पहिल्याउँदै जाने हो भने सो अन्धकार जङ्गल पुगिन्थ्यो, जहाँ कुकुरडाइनाका काँढाहरूले जेलिएको अस्पष्ट बाटो थियो। उसलाई राम्ररी थाहा थियो शहर’यात्राअघि ऊ आएको अनकन्टार जङ्गलको बाटो प्रस्ट थिएन।