Skip to content

बाटैबाटो

  • by


ग प्रसाद नेताले देश यसरी हिँडनुपर्छ भनेर एउटा बाटोको खाका बनायो र काम सुरु गर्‍यो । उसले सुरु गरेको बाटोलाई विपक्षीले मन पराएन । बाटोको विषयलाई लिएर विवाद भयो, भनाभन भयो र झगडा पनि भयो । विवाद र झगडाले गर्दा बाटो पूरा हुन पाएन । ग प्रसाद बाटो बनाउन छोडेर हिँड्यो । त्यसपछि म प्रसाद नेताले देशलाई यो बाटोमा हिँडाउनपर्छ भनेर अर्को बाटो बनाउन सुरु गर्‍यो । उसको बाटोलाई पनि केही दिनपछि विपक्षीले अस्वीकार गर्‍यो । यसैगरी बाटो बनाउन भनेर स प्रसाद, ल प्रसाद आदि नेताहरू पालैपालो आए … आइरहे । यसप्रकार मुलुकमा बाटैबाटो बन्न थाले तर कुनै पनि पूरा भएनन् । एउटा बाटो बन्न पाएको हुन्न, त्यो हुन्न भन्दै अर्काथरिले अर्को बाटो बनाउन थाल्थ्यो । यसरी जहाँतहीँ अधुरो बाटो मात्र हुन थाल्यो । ती बाटाहरूमा मान्छेहरू हिँडिरहेका त छन् तर दुर्भाग्य ! कोही कहीँ पुगिरहेका छैनन् । मान्छेहरू हिँड्दै र्फकंदै मात्र गरिरहेका हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *