मैले जीवनमा धेरै महिलाहरूसँग समय बिताए तर निशाजस्ती महिला कतै भेटिन । उनको सुन्दरता, हसिलो र माया लाग्दो स्वभाव, शारीरिक बनावट, पेसाप्रतिको इमान्दारिता यी सबै पक्षहरूले गर्दा म ऊ प्रति बढी लालायित भएको थिएँ । उनीबिना एक पल पनि बिताउन नसक्ने भएको थिएँ म ।