Skip to content

युवामञ्च २०६७ चैत

ढुसी के हो ? कसरी लाग्छ ?

नेपाली शब्दसागरमा ढुसी शब्दको अर्थ ”ओस वा चीसो लागेर चीजबीज सड्दा झुस्स उम्रने वा ढुस्स फुलेको देखिने सेतो खालको भुवा वा झुस, ढुँडी” भनेर उल्लेख गरिएको छ । आखिर के हो त ढुसी ? ढुसी फन्जाइजगत्मा पर्छ, जसमा पीठो जस्तो देखिने पीठो ढुसी, च्याउ, बोटबिरुवामा पर्ने ढुसी, यिष्ट लगायत एक लाख भन्दा बढी प्रजाति पर्छन् ।

स्वास्थ्य र समृद्धिको प्रतिक रुद्राक्ष

नेपाली शब्दसागर शब्दकोशमा रुद्राक्ष शब्दलाई ‘लामा-लामा हरिया केशर हाँगामा-फूल सेता हुने स्याउले एक ठूलो जातको रुख र त्यसैको साना ओखर वा तिमिला खाले काँडे फल ।’ भनेर परिभाषित गरिएको छ ।

रुद्राक्षलाई हाम्रो गाउँघरमा दाना भनेर पनि चिनिन्छ । धार्मिक महत्त्वको वस्तुका रूपमा वनस्पति रुद्राक्षको महिमा धेरै छ ।

धेरै माया दिएँ तिमीलाई

  • by

धेरै माया दिएँ तिमीलाई धेरै गरेँ उपकार
बदलामा जलनर रोदन दियौं उपहार,
खाइ कसमलाई माया तिमीले नै चोट दियौ
भन मलाई अब यसको के छ उपचार ?

देवता

  • by

आ-आफ्ना देवता उनी ठूला भक्त थिए ।

बिहान साँझ भगवान्को पूजापाठ नगरी भोजन ग्रहण गर्दैनथे । फुर्सद भएका बेला ज्ञान ध्यानका विषयमा प्रवचन पनि दिन्थे ।

पढाइ र साथीहरू

  • by

समय नदीजस्तै बग्छ । दिनहरू माछाजस्तै चिप्लन्छन् । निरर्थक भोटाहरू फाट्छन् । मान्छेहरू उँधो बगाएर उँभो खोज्छन् । मौका खुस्केपछि पश्चताप र पीर गर्छन् । लगनपछिको पोतेको के काम ?

साहित्य बूढापाकाको मात्र क्षेत्र हो ? किन टाढिँदै छन् किशोरहरू साहित्यबाट

  • by

किशोर अवस्थाको अर्थ नै हुन्छ बाल्यावस्था र युवावस्थाको बीचको समय अथवा दुवैको सम्मिश्रण । मानिसको जीवनमा यो उमेर निकै महत्त्वपूर्ण हुन्छ । शेक्सपियरले ‘द प्यासोनेट पिलगि्रम’ मा युवाअवस्था र पाको अवस्थाको तुलना गरेका छन् ।