Skip to content

मधुपर्क २०६८ जेठ

प्रथम पाना पल्टाउँदा

  • by

अहिलेसम्म एउटै हरफ पनि नलेखिएको पाना
प्रथम मुस्कुराहटको उज्यालोले ढकढक्याएपछि
खुलेको छ
म लेखिएको थिएँ त्यहाँ
सानो जवाफको रूपमा ।

मेरो रामपुर

  • by

नागी नाघेर लेकाली कुद्छ कुइरो उँभैतिर
चुइँयाँ स्थान पुगी फक्र्यो, पानी बोकेर बादल
गज्र्यो धुम्धाम आकाश चम्की बिजुली झिलमिल
पानी वर्षेर माटाको, सुगन्धमय रामपुर

तन र मनकी सुन्दर साहित्यकार

  • by

सन् १९२८ अप्रिल १४ मा भारतको पश्चिम बङ्गाल प्रान्तको दार्जीलिङ जिल्लाअन्तर्गत, खर्साङको गिद्धे पहाडमा जन्मिनुभएकी देवकुमारीले आफ्ना पिताको मुख हेर्न नै पाउनुभएनथ्यो । पिता हस्तबहादुर कटुवालको निधन भएको दुई महिनापछि माता रमादेवीको गर्भबाट उहाँको जन्म भएको थियो । पितृस्नेह चाख्नै नपाए पनि मातृस्नेह र दाइदिदीहरूको प्यारले झपक्कै छोपिएर वितेथ्यो उहाँको बाल्यकाल ।

प्रेरणास्पद पुस्तक

  • by

महिला-पुरुष समानताका प्रचारप्रसार जतिसुकै भए पनि व्यावहारिकरूपमा हुन सकेको छैन । कानुनले समान हक र अधिकार प्रत्याभूत गरेको भए पनि सामाजिक प्रचलन, सांस्कृतिक मान्यता, धार्मिक परम्परा तथा पुरातन मानसिकताका कारण महिलाहरू अहिले पनि विभेदका सिकार बन्न बाध्य छन् ।

समकालीन पीडाबोधका तीखा कविता

  • by

कवि दिनेश अधिकारी नेपाली साहित्यको समकालीन पुस्तामा काव्य विधा केन्द्रित सक्रिय स्रष्टा हुन् । उनी जति सक्रिय छन्, समानुपातिकरूपमा उत्ति नै चर्चाको वरिपरि पनि रहिरहेका छन् ।

सरल र पठनीय ः इजलासमा लाहुरे फूल

  • by

प्रवासमा बसे पनि नेपाली माटो, नेपाली भावना र नेपालप्रतिको मायालाई हृदयमा सजाएर बसेका कवि हुन् निष्प्रभ सजी । अस्ट्रेलियामा बसेर पनि नेपाललाई मनमा बसाएर नेपालीपन कागजमा उतार्ने कवि तथा गीतकार निष्प्रभको दोस्रो कविता सँगालो हो ‘इजलासमा लाहुरेफूल’ ।

नारीप्रधान उपन्यास

  • by

रूपमतीले आधुनिक नेपाली उपन्यासका क्षेत्रमा आफूलाई परिचित गराएपछि विविध धारा र मोडमा विकसित हुँदै आएको नेपाली औपन्यासिक क्षेत्रमा भर्खरै मात्र उदाएकी छिन्, बाबा बस्नेत स्त्रीलिङ्गी शब्दको शीर्षक रहेको ‘रातकी रानी’ उपन्यासमार्फत् ।