विन्दु सुवेदी
साधारण जिन्दगी ?
यो एक्काइसौँ शताब्दी हो । अहिले संसार अचम्मैसँग बद्लिएको छ । यति धेरै फैलिएको यो संसार पनि सानो भइसकेको छ । सानो छँदा टेबलमाथि राखिएको पृथ्वीको डल्लोलाई म खुब घुमाईघुमाई हेर्ने गर्थें । ईंटको आकारको नेपालसँगै भारत, चीन, रुस र अरू थुप्रै देशहरूका नामहरू पढ्दै जान्थेँ म । मेरो सानो चेतनामा त्यो भकुण्डो जस्तो गोलो पृथ्वीका उर्द्धरेखा र समानान्तर रेखा अनि नीलो जलराशिको पृष्ठभूमिमा माकुराको जालोजस्ता किरमिर कोरिएका देशहरूका अनेक आयतनका नक्साहरूले मलाई आकषिर्त गर्थ्ो ।