मधुपर्क २०६७ फागुन
बिर्सिइने चलनः डरलाग्दो सँस्कृति
मधुपर्क वि.सं. २०६७ पुस (अङ्क ८ पूर्णाङ्क ४९९) पल्टाउँदा ४३ वर्ष अगाडि आफू पाठक बनेको झझल्को भयो । ‘गोरखापत्र’ हाम्रो घर लुञिटेल भन्ज्याङ (गोर्खा सदरमुकामबाट पश्चिम दरौँदी पारि चारकोश टाढा) उस बेलाको एक मात्र जिल्लाको हुलाक (भोगटेनी हुलाक)बाट हजुरबुबा खर्दार पुष्पराज देवकोटालाई हलकाराहरू गोरखापत्र पुर्याउँथे ।
मधुपर्कको गौरवगाथा
कीर्तिमान कायम गर्न साच्चिकै कठिन हुन्छ । कीर्तिमान समय, घटना र निरन्तरताले पनि कायम गर्न सक्दछ । यसरी बनेको कीर्तिमान अन्ततः इतिहास बन्दछ । कुनै विगतको इतिहास भने कुनै जीवित इतिहास । सन्दर्भ मधुपर्कको हो । यसले पनि कीर्तिमान कायम गर्न सकेको छ । एउटा होइन, दुई वटा होइन । चार वटा कीर्तिमान मधुपर्कले कायम गर्न सकेको छ ।
सिञ्जाली भाषिका र यसको वाक्य तत्वगत विचरण
प्राचीन कालमा कर्णाली प्रदेशलाई ‘स्वर्णप्रस्थ’ भनिन्थ्यो । वि.सं. एघारौँ शताब्दीको मध्यदेखि खोरल्देका पुत्र नागराजले सुरुमा दानवभूतल त्यसपछि कुण्डल वनयारी र त्यसपछि सिञ्जा लामाथाडामा आई सिजा क्षेत्रलाई खस साम्राज्यको मुख्य गडको रूपमा कायम गरेपछि यस भूमिलाई ‘सपादलक्ष्य’ (सवा एक लाख गाउँ भएको भूमि) भनिन थालियो ।
