Skip to content

मधुपर्क २०६७ फागुन

प्रेम-सागरमा

  • by

तिम्रो प्रेमको सागरमा मेरो जीवन डुङ्गा डुब्यो
किनाराको माझीदाइ पिरतीमा घटना घट्यो

आनन्दको तालमा पौडी खेली जीवन रमाउँदा
ज्वारभाटा तिम्रो मनको अचानक चली आउँदा

लेखन चितामै चढिसकेको कवि

  • by

नेपाली साहित्यमा कलम चलाएकाहरूमा धेरै सिर्जना गरेर पनि थोरै मात्र चर्चामा आएका स्रष्टाहरू प्रशस्तै छन् तर थोरै सिर्जना गरेर पनि धेरै चर्चामा आएकाहरू चाहिँ एकाध स्रष्टा मात्र देखिएका छन् ।

घर

  • by

“दिदी, हेर्नु त घर बनाई नसकी तपाइर्ँको घरमा गौंथलीले गुँड लगाएछ । यो घर त लछिनको पो रछ त दिदी !” घरको दलानमा लगाउँदै गरेको गौंथलीको गुँड देखाउँदै शान्ताले भनी ।

वाचाल मौनता

  • by

बिहानको कलिलो घामको उज्यालोले दर्वेसा गाउँको मध्यभागमा रहेको एउटा सानो टोलको पाँच धुर जमिन ओगटेर बनेको आशादेवीको घरमा रङ बदलेको छ आज । सन्ठी र टाटीले बारेर माटोले लिपेको अनि गोलाकार फुसको छानो भएको यो सानो घर सधैँ नै आफूलाई आकर्षणको केन्द्रमा राखिरहन्छ ।

अमेरिकी महिलाको उधारो रकम

  • by

२० जुलाई २००९ को मध्यदिनमा न्युयोर्कजस्तो व्यस्त सहरको चाइना टाउनमा बोस्टनबाट आएको बसबाट उत्रेर हामी सुटकेस गुडाउँदै सबवेतिर लाग्दछौँ । त्यतिबेला चर्को घाम थियो, सडकमा हिँड्नेहरूको भीड हुँदा बाटो काट्ने ठाउँमा सुटकेस गुडाउँदै हिँड्न असजिलो लागिरहेको थियो ।

बिर्सिइने चलनः डरलाग्दो सँस्कृति

  • by

मधुपर्क वि.सं. २०६७ पुस (अङ्क ८ पूर्णाङ्क ४९९) पल्टाउँदा ४३ वर्ष अगाडि आफू पाठक बनेको झझल्को भयो । ‘गोरखापत्र’ हाम्रो घर लुञिटेल भन्ज्याङ (गोर्खा सदरमुकामबाट पश्चिम दरौँदी पारि चारकोश टाढा) उस बेलाको एक मात्र जिल्लाको हुलाक (भोगटेनी हुलाक)बाट हजुरबुबा खर्दार पुष्पराज देवकोटालाई हलकाराहरू गोरखापत्र पुर्याउँथे ।

मधुपर्कको गौरवगाथा

  • by

कीर्तिमान कायम गर्न साच्चिकै कठिन हुन्छ । कीर्तिमान समय, घटना र निरन्तरताले पनि कायम गर्न सक्दछ । यसरी बनेको कीर्तिमान अन्ततः इतिहास बन्दछ । कुनै विगतको इतिहास भने कुनै जीवित इतिहास । सन्दर्भ मधुपर्कको हो । यसले पनि कीर्तिमान कायम गर्न सकेको छ । एउटा होइन, दुई वटा होइन । चार वटा कीर्तिमान मधुपर्कले कायम गर्न सकेको छ ।

सिञ्जाली भाषिका र यसको वाक्य तत्वगत विचरण

  • by

प्राचीन कालमा कर्णाली प्रदेशलाई ‘स्वर्णप्रस्थ’ भनिन्थ्यो । वि.सं. एघारौँ शताब्दीको मध्यदेखि खोरल्देका पुत्र नागराजले सुरुमा दानवभूतल त्यसपछि कुण्डल वनयारी र त्यसपछि सिञ्जा लामाथाडामा आई सिजा क्षेत्रलाई खस साम्राज्यको मुख्य गडको रूपमा कायम गरेपछि यस भूमिलाई ‘सपादलक्ष्य’ (सवा एक लाख गाउँ भएको भूमि) भनिन थालियो ।

स्रष्टा गोठालेको सिर्जनात्मक व्यक्तित्व

  • by

बाटोमा फालिराखेको प्रजापरिषद्को पर्चा टिपेको भरमा सिंहदरबारको केरकारमा पर्नुपर्ला भन्ने उसबेलाको केटोलाई के थाहा ? त्यसबेला ‘शारदा’ मा उनको रचना छापिन लागेको रहेछ आफ्नो उही नामबाट छापिदा झन् दण्डित पो हुने हो कि भन्ने झमेलाबाट जोगिन झट्टपट्ट नाउँको पछाडि उपनाम जोड्छन् ‘गोठाले’ ।

गोठाले बालाई दस दिन पैले भेट्दा…..

मझपच्छियूँ सल्यानको त्रिभुवन माविमा ७ कक्षामा ‘म जुजुमान’ कथा पढियो । उतिबेलै लाग्याथ्यो-‘यति मज्जाको कथा लेख्ने गोविन्दबहादुर गोठालेलाई काठमाडौं पुगेँ यदि कहिल्यै भने जरुर भेट्नेछु ।’

विशिष्ट नाटक/एकाङ्कीकार गोठाले

  • by

वि.सं. १९७९ साल असार २५ गते पिता ऋद्धिबहादुर मल्ल र माता आनन्दकुमारी मल्लका जीवितमध्येबाट जेठा छोराका रूपमा ओमबहाल दफ्तर, काठमाडौँमा जन्मिएका जयबहादुर मल्ल आधुनिक नेपाली साहित्यमा गोविन्दबहादुर मल्ल गोठालेका नामबाट सुपरिचित छन् ।

‘सिंहदरबारको एक रात’ मञ्चन गर्न सकिनँ

  • by

जयबहादुर मल्ल न्वारानको नाम । आफ्नो मूल नाममा साहित्यमा कलम चलाएर ख्याति कमाउन नपाउँदै उहाँको नाम परिवर्नन भयो उपनाम ‘गोठाले’ । परिवर्तित नाम अँगालेर साहित्य लेखनतिर लाग्नु भयो । त्यही परिवर्तित नामबाट नेपालको प्रसिद्ध कथाकार, उपन्यासकार तथा नाटककार हुनु भयो ।