नेपाली साहित्यमा मधुपर्क पत्रिकाका विशेषाङ्कहरूको योगदान
प्रस्तुत कार्यपत्रमा गोरखापत्र संस्थानबाट प्रकाशित नेपाली साहित्य र विविध विषयको मासिक पत्रिका मधुपर्कका विशेषाङ्कले नेपाली साहित्यमा पुर्याएको योगदानको मूल्याङ्कन गरिएको छ । यसका लागि २०२९ सालदेखि २०६७ सालसम्ममा मधुपर्कले प्रकाशित गरेका जम्माजम्मी ४३ ओटा विशेषाङ्कको सर्वेक्षण र विश्लेषण गरिएको छ । यसले साहित्यिक विधा, सान्दर्भिक विषय र अन्तरविषयक अध्ययनलाई प्रोत्साहन गर्ने गरी विभिन्न विशेषाङ्कहरू प्रकाशित गरेको पाइयो । प्रारम्भमा राजा-रानीको जन्मोत्सवलाई विशेषाङ्क प्रकाशनको अवसर बनाए पनि २०५० सालदेखि यसले आफ्नो अङ्क एक सुरु हुने जेठ महिनालाई मुख्य आधार बनाउन खोजेको देखिन्छ ।
