साहित्यिक खोजपत्र

20201105_ManoharPokharel-NandaLalAcharya-KumarBablu

कलाकारिताको सेरोफेरोमा सप्तरी


नेपाली हिन्दू परम्परामा प्राय: मानव जीवनको प्रादुर्भाव संगीतबाट हुन्छ र अन्त्य पनि संगीतमै टुङ्गिन्छ । किनभने मानवको जीवन स्वयम् लयबद्ध छ र हुन्छ पनि । त्यसैले त सबै थोक व्यवस्थित हुन्छ । हामीले जीवनको स्वर्णिम विहानीदेखि अस्तको कालो सन्ध्यासम्म सङ्गीतलाई अस्तित्वको रूपमा स्विकार गरेका हुन्छौँ । मानव जीवनमा सङ्गीतले नछोएको अध्याय नै छैन । भन्न पनि भनिन्छ, मानव सङ्गीतमय वातावरणमै जन्मन्छ र सङ्गीतमय वातावरण हुँदै श्मसानघाटमा पुगेर विलिन हुन्छ । मृत मानिसलाई ‘राम नाम सत्य हो’ जप्दै श्मसानघाट लग्ने प्रथा यसकै ज्वलन्त उदाहरण हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पूर्वीय कोणबाट ‘घुर’ उपन्यासको सामाजिक विमर्श

नेपाली समाजमा पहिलो मधेश आन्दोलनले कसैले नसोचेको प्रभाव पार्यो । अन्तरिम संविधान २०६३लाई तुरुन्तै संशोधन गर्न बाध्यबनायो । राज्यका हरेक तह र तप्कामा समावेशिताको नियमानुसार सबै वर्ग र समुदायलाई समावेश गर्ने व्यवस्था कायम गर्यो । लैङ्गिक, जातीय, क्षेत्रीय, आर्थिक, सामाजिक आदि रूपले पिछडिएका सामान्यभन्दा सामान्य वर्ग र समुदायको समेत पहुँच सुनिश्चित गराउन शासक वर्गलाई घच्घचायो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कथाको कथा (कथासम्बन्धी सोधमूलक ग्रन्थ)

                                                                     कथाको कथा
                                                          (कथासम्बन्धी सोधमूलक ग्रन्थ)

                                                                     परिच्छेद १

                                        (१) सङ्कल्प/पाठकसँगको करारनामा/कार्यपत्र
(१) (क) अनुसन्धानको दायरा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लघुकथा रचना प्रकृया (अनुदित लेख)

सबैभन्दा पहिला कुनै रचनाले म भित्र कहिले अनि कसरी जन्म लियो ? जतिबेला म यो विषयमा सोच्छु त्यसबेला आफ्नै शिशु रूप आमासँग न्यानो ओछ्यानमा आरामसँग सुतिरहेको पाउँछु अनि आमाले बाल्यकालमा सुनाउनुभएका कथाहरू दिमागमा घुम्न थाल्छन् । सात भाइहरूकी एकमात्र बहिनी जात्रा हेर्न जानका लागि आफ्ना सातैवटी भाउजूहरूसँग छुट्टाछुट्टै पछ्यौरा माग्छे । कसैले पनि उसलाई पछ्यौरा दिंदैनन् । धेरै रोईकराई गरेपछि बल्ल एउटी भाउजूले उसलाई पछ्यौरा दिन्छे । जात्रामा पिङ खेल्ने क्रममा एउटा कागले उसको पछ्यौरामा बिष्ट्याइदिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20161204_PremBahadurSahi-Lekh

दैलेख: हिमालको काखमा तेस्रो धाम

ऐतिहासिक, पुरातात्विक, साँस्कृति सम्पदा, प्राकृतिक स्रोत साधन एवं पर्यटकीय क्षेत्र, सिंजा राज्यको शीलकालीन राजधानी, नेपाली भाषाको पहिलो शिलालेख पञ्चकोशी तिर्थस्थल, ३२ वटा जात/जातिको उद्गम स्थल, सयौं वर्षदेखि पानी माथि निरन्तर बलिरहेको ज्वाला, पुराना लिपि देवल, खम्वहरू, दश हजार मेघावाट विद्युत उत्पाद हुने नदी, बाइसे र चौविसे राज्य मध्ये दुईवटा राज्य, काठमाण्डौं, लुम्विनी पछि दैलेख जिल्ला नेपाल कै ‘तेस्रो धाम’मा पर्ने गर्दछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20131020_KabiLimbuAansu_01

जापानी साहित्यमा ताङ्काको ईतिहास सुरूवात

६००- ७०० औं शताब्दी तीर भएको पाइन्छ तर कसले सुरूवात गरेका हुन अँझै रहस्यमय रूपमै रहेको हनाले ताङ्कालाई अाधुनिक साहित्यको रूपमा काकिनोमोतो हितोमारो [ 柿本 人麻呂 ]ले नयाँ ढाँचा दिएका हुन । जापानी भाषामा (नारा जिदाइ) ७१०-७९४ औं शताब्दी तीर ताङ्काले निकै चर्चा लिएको पाइन्छ ।

जुन समय अतिनै चर्चामा आएको जापानी कविता :-

भो छोड शोक
विद्रोही झै सेवक
तिम्रो प्रयास
खिचाँईको म एक्लो
सर्वहारा मान्छे हु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इतिहासमा उदयपुरे साहित्य

  • by

(१) परिचय
पूर्वाञ्चलका सोह्र जिल्लामध्ये भित्री मधेसमा पर्ने एक जिल्ला हो- उदयपुर । प्राकृतिक दृष्टिले धनी भए पनि पूर्वाधार विकासको कमीले पछ्यौटे जिल्लाकै रूपमा परिचित छ । समुद्री सतहभन्दा २२४५ मिटरको उचाइमा अवस्थित यसको क्षेत्रफल २०६३ वर्ग किलोमिटर छ । यसका पूर्वमा सुनसरी र धनकुटा, पश्चिममा सिन्धुली र केही मात्रामा धनुषा, उत्तरमा भोजपुर, खोटाङ र ओखलढुङ्गा, दक्षिणमा सिराहा र सप्तरी जिल्लाहरू सीमानाका रूपमा रहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भवनीशङ्कर दङ्गाल र उनको गीतासार

भवनीशङ्कर दङ्गाल र उनको गीतासार
पारसमणि शम एवं के एन शर्मा (संयुक्त खोज एवं लेखन)

भवनीशङ्कर दङ्गालको जन्मतिथि, जन्मस्थानबारे टुङ्गो लाग्न नसके पनि उनी पूर्व सिक्किमको पाण्डाम भुरुङ गाउँ निवासी रहेका थिए अनि सन् १८८७ भन्दा धेरै अघि नै उनको परिवार त्यहॉं रहने गर्थ्यो भन्ने निश्‍चित गर्न सकिन्छ|

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उपन्यासमा शीर्षकको पुनरावृत्ति

  • by

शीर्षक जुनुसुकै साहित्यिक कृतिको पहिलो परिचायक हो । शीर्षक कृतिको नामकरण मात्र नभई कृतिको मूल भाव विचारको सङ्केतक पनि हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पाठ्यक्रममा साहित्यिक कृति

  • by

१. विषयप्रवेश

नेपालमा कक्षा १ देखि १२ सम्म अनिवार्य नेपालीका रूपमा, कक्षा ११ र १२ मानविकी तथा शिक्षाशास्त्र सङ्कायको पाठ्यक्रममा ऐच्छिक नेपालीका रूपमा, स्नातक तह प्रथम वर्षको पाठ्यक्रममा मानविकी तथा शिक्षाशास्त्र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

समकालीन नेपाली गजल २०६८को संछिप्त विवेचना

  • by

समकालीन नेपाली गजलको सम्पादन बरिष्ठ गजलकार, हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष, हाम्रो मझेरी, पुष्पाञ्जलि, गजलविम्ब, गजलदीप, गजलयात्रा (१) गजलयात्रा (२), गजलगङ्गा, समयका स्वरहरूका सम्पादनकर्ता पुष्प अधिकारी अञ्जलिबाट भएको हो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विविध साहित्यिक आन्दोलन, पर्व, घटना र काण्ड

  • by

नेपाली भाषासाहित्यका क्षेत्रमा वा इतिहासमा अनेकौँ आन्दोलन, काण्ड, पर्व र अभियान भेटिन्छन् । तिनको खोज अनुसन्धान गर्ने, ठीक बेठीक छुट्याउने-ठीकलाई अँगाल्ने र बेठीकलाई मिल्काउने-काम भने अहिलेसम्म भएको पाइँदैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मल्लकालपूर्वको नेपाली रङ्गमञ्च

  • by

नेपाली नाटकको विकासमा मल्लकाललाई स्वणिर्मकाल पनि भनिन्छ । नेपाली नाटकको जे जति विकास मल्लकालमा भएको थियो त्यसअघि र पछि नेपाली नाटकले विकास गरेको पाइँदैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

‘अनुपस्थिति’ कविताको संरचनावादी विश्लेषण

  • by

‘अनुपस्थिति’ कविता श्रीशीशा राईको ‘चेतनाहरू चबाए’ भन्ने कविता सङ्ग्रहभित्रको एउटा कविता हो । २०६६ साल पुसमा प्रकाशित राईको यस कवितासङ्ग्रहमा ५० वटा कविताहरू सङ्कलित छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली नाटकमा महिलालेखन

  • by

नेपाली साहित्यमा अन्य विधाका तुलनामा नाटकको लेखन कमै भएको पाइन्छ । यस क्षेत्रमा महिलाको सक्रियता निकै कम देखिए पनि निराशै हुनुपर्ने स्थिति चाहिँ छैन । हालसम्म प्राप्त जानकारीअनुसार नेपाली एकाङ्की नाटकमा महिलाको प्रवेश राधिका रायाको ‘जीवनको इच्छा’ (भारती, ७/७, सन् १९५४) शीर्षक एकाङ्कीबाट भएको देखिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली विश्व साहित्यमा हङकङ

  • by

हामी नेपालीहरू अहिले दुई विश्वमा उभिरहेका छौँ । एउटा विश्वभरि छरिएका नेपालीले निर्माण गरेको विश्व र अर्को विश्वमा नेपालीको बढ्दो उपस्थितिको विश्व । यी दुई विश्वमा एउटा आफ्नै आँगन, घर, गाउँ र देशको ममतामय अनुभूति अर्को पराइ मुलुकमा दुःख, कष्ट, संघर्ष, भोक, रोग मिश्रित जीवनको अनुभूति । एउटा विश्वभरि छरिएका नेपालीले आविष्कार गरेको विचार र साहित्य, अर्को विश्वभरि जन्मेका विचार र साहित्यले नेपालीलाई पारेको प्रभाव । यस्तै विश्वको जाँतोमा बाँचिरहेको जिन्दगीले सृजना गरेको साहित्य, विचार । यिनै सृजना, आविष्कार, प्रयोगले विश्व नेपाली साहित्यको केन्द्र भएको छ हङकङ । फलस्वरूप हङकङका साहित्यकारहरूको धमाधम शोधपत्र लेखिंदै छ, अनुसन्धान गरिन्दैछ र नेपालको त्रिभुवन विश्व विद्यालयमा अध्ययन गराइन्दै छ । भरखरै त्रिभुवन विश्व विद्यालयका स्नातकोत्तरका विद्यार्थी दीपक सुबेदीले ‘नेपाली साहित्यमा हङकङको योगदान’ स्नातकोत्तर दोस्रो वर्षको दर्सौ पत्रको प्रयोजनको लागि शोध तयार पारेका छन् । त्यस्तै प्रा. डा. गोविन्दराज भट्टराईको उत्तर आधुनिक विमर्शबाट ‘हङकङको साहित्यिक पृष्ठभूमि र प्रकाशन’ स्नातक तह तेस्रो वर्षमा अध्यापन हुन थालेको छ । यसरी नेपाली विश्व साहित्यमा कुनै एउटा देशको बारेमा शोधपत्र लेखिएको र अध्यापन हुन थालेको हङकङ नै पहिलो हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुधा त्रिपाठीका कवितामा क्रान्तिचेतना

  • by

समकालीन नेपाली प्रगतिवादी साहित्यका फाँटमा सुधा त्रिपाठी स्थापित प्रतिभासम्पन्न हस्ताक्षरको नाम हो । बुबा प्रा.जगन्नाथ त्रिपाठी र मुमा भवानी त्रिपाठीको कोखबाट जन्मेकी सुधा त्रिपाठी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेसामा कार्यरत छिन् भने साहित्यका फाँटमा पनि त्यतिकै क्रियाशील छिन् । उनको एघारौँ प्रकाशित कृति जिराहा वर्तमान (कवितासङ्ग्रह, २०६७) हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली ललितकलामा समावेशी स्वरूप

  • by

आज समयले प्रत्येक मानिसलाई आफ्नो हैसियत, अवसर, अधिकार आदिको खोजीमा अग्रसर गराइरहेको देखिन्छ । राज्यले समेत सबैमा त्यो समानताको अवसर प्रदान गर्न नीति-निर्माण तहबाटै कार्ययोजनाहरू प्रारम्भ गरिरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वी.पी.को ‘हिटलर र यहूदी’ उपन्यासमा मानवतावाद

  • by

नदी प्रवाहजस्तै सधैँ नयाँ गतिमान, निरन्तर चर्चा र आदरका साथ सम्झना गरिरहने नाम नै विश्वेश्वरप्रसाद कोइराला हो । ‘संसारका थोेरै व्यक्तित्वमा हुने विशेषता-व्यक्ति एक, व्यक्तित्व अनेक-बोकेका बी.पी नेपाली धर्तीका वरदपुत्र हुन् । (भट्टराई २०५८ ः ९४) ।’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •