भाउपन्थी
उदाहरणीय लघुकथासङ्ग्रह
डा. रवीन्द्र समीर नेपाली लघुकथालेखनका क्षेत्रका एक परिचित र चर्चित सर्जकको नाम हो । उनका यसअघि चार वटा लघुकथासङ्ग्रह प्रकाशित छन् । डा. समीरको प्रस्तुत लघुकथासङ्ग्रह ‘अर्जुनदृष्टि’ मा पूर्वप्रकाशित तर अप्राप्य भइसकेका र नयाँ गरी १०८ वटा लघुकथा समाविष्ट छन् । सबै लघुकथाहरू स्तरीय र लेखकीय कौशलका परिचायक छन् । कथाका विषयवस्तु चयनप्रति पनि डा. समीर अत्यन्त सजग र चनाखा देखिन्छन् ।
लाइफ इज ब्युटीफुल !
नत्र हामी, म र मेरी श्रीमती राधा अझै निकै बेरसम्म सुत्ने थियौँ । धेरै सुत्ने र कम खाने अभ्यासमा हामी लागेका छौँ । जागिरको तलबले पूरै महिना धान्न धौधौ मात्र होइन पुग्दै नपुग्ने भइरहन्छ । त्यसैले धेरै सुत र कम खाऊ, कम खर्च गर भन्ने सिद्धान्त हामीले प्रतिपादन गरेका छौँ । बिहे भएको तीन वर्ष भइसक्यो तर हामीले सन्तानोत्पत्तिबारे अझै विचार गर्न सकेका छैनौँ, राधाको पहिलो गर्भ खेर गएपछि ।
यात्रा जंगलभित्रभित्रै
खोला पनि त्यस्तै न छन्, बगुवा बालुवाको, जति चलमलायो उतिउति भासिँदै जाने। थामिने पीँध त कता हो कता! म एकपटक त्यस्तोमा फसेको छु। कसोकसो गरेर निस्कन सफल भएँ। त्यो कुन खोलो थियो, तै नाम बिर्सेछु। तर होइन, त्यै स्याली त हो। राजमार्गभन्दा उत्तरपट्टि। त्यो बेला र यो बेला। स्यालीमा बर्खाको पानी घटेको थियो र पनि पानीको भित्री बेग अझै कायमै थियो। बर्खा बितेको थिएन।
सङ्क्रमणकाल
यो तस्बिरमा जुन मान्छे देखिइरहेको छ, यद्यपि त्यो तस्बिर यहाँ छाप्न सकिएन, त्यो मरिसकेको छ । गोपाल त्यो तस्बिर खल्तीमा राखेर हिँड्छ र उसको यो बानी भइसकेको छ, कहिलेदेखि हो त्यो भन्न सकिन्न, तर मैले उसलाई भेटेदेखि, चिनेदेखि भनौँ न, मैले थाहा पाइराखेको कुरो हो यो । ऊ अस्थायी मान्छे हो, भन्नाले कहीँ पनि स्थायी नोकरी पाउन सकेको छैन । परिवार पनि छन् । उसकी स्वास्नीको कुरो पनि छ । केटाकेटी त स्कुल जाँदै छन् तर उनीहरू सामान्यभन्दा अलि बढी खर्च लाग्ने स्कुलमा पढ्छन् र निश्चय नै यो उसको आम्दानीले थेग्न सक्ने होइन ।
खाडलभित्र
उनीहरू आठ-दस जना एउटा राजनीतिक भोजबाट फर्किरहेका थिए । उनीहरू मस्त पनि थिए किनभने सबै कुरा उनीहरूकै अधीनमा छ । राज्य, सत्तँ र ढुकुटी । राजनीतिक भोज भनेपछि बेहिसाब भव्य नै हुने भयो । उनीहरूले भोजमा गिलास उचालेर देशको स्वास्थ्य, एकता, सद्भावना, समृद्धि-समुन्नति र शान्तिका लागि चियर्स पनि गरेका हुन् । खाने बेलामा उनीहरू नफुट्ने गरी एक हुने गर्छन् ।
सत्ताच्युत
अहिले उसलाई यति नजिकबाट पनि चिन्न गाह्रो भयो । मैले उसलाई हजामको पसलबाट निस्कंदा देखेको हुं । पहिले जस्तै हजामलाई उसले घरमा बोलाउनुको साटो ऊ आंफैं हजामको पसलमा आएको छ भनेपछि ऊ सत्ताच्युत हुनुको यो पहिलो लक्षण हो । हजामको पसलबाट जिस्कंदा पनि उसको दाहिने हात उसको माथिल्लो ओंठको दाहिनेतिरको कुनाको जुङा बटारिरहेको थियो । यो ऊ विचारमग्न हुनुको अर्को लक्षण थियो उसले नियमित र लत लागे झैं त्यो ठाउंको जुङा कति बटार्यो भने त्यहांको भाग रौं नै नपलाउने गरी खुइलिएको थियो ।
एउटा मान्छे फोसामा
घटना भइसकेपछि पहिलो प्रतिक्रियामा मृतककी श्रीमतीले भनी, “उहालाई आज अफिस जाने मन थिएन ।” परिवारका अरू सदस्यले यसमा अनभिज्ञता प्रकट गरे । मृतक त्यस दिन अफिस जान मन गरेको थिएन भन्ने जनकारी उसको मृत्यु हुनुको कारणको अन्वेषणमा सहायक थिएन । यस कालले तानेपछि मान्छेको केही सीप चल्दैन भन्ने स्थापनाका लागि एउटा सहायक तथ्य मात्र हुनसक्थ्यो । तर, मृतक जसरी मर्यो, आज देशभरि, अरूतिर पनि त्यसरी नै मरिरहेका छन् र त्यसमा कसले के गर्नसक्छ भन्ने प्रश्न अझ चर्को गरी सबैका मनमा आयो । सरकार भन्ने निकायको समष्टिगत अर्थ क्षय भएको मात्रै होइन, गायबै भइसकेको भयावह समय थियो यो ।
