घटना भइसकेपछि पहिलो प्रतिक्रियामा मृतककी श्रीमतीले भनी, “उहालाई आज अफिस जाने मन थिएन ।” परिवारका अरू सदस्यले यसमा अनभिज्ञता प्रकट गरे । मृतक त्यस दिन अफिस जान मन गरेको थिएन भन्ने जनकारी उसको मृत्यु हुनुको कारणको अन्वेषणमा सहायक थिएन । यस कालले तानेपछि मान्छेको केही सीप चल्दैन भन्ने स्थापनाका लागि एउटा सहायक तथ्य मात्र हुनसक्थ्यो । तर, मृतक जसरी मर्‍यो, आज देशभरि, अरूतिर पनि त्यसरी नै मरिरहेका छन् र त्यसमा कसले के गर्नसक्छ भन्ने प्रश्न अझ चर्को गरी सबैका मनमा आयो । सरकार भन्ने निकायको समष्टिगत अर्थ क्षय भएको मात्रै होइन, गायबै भइसकेको भयावह समय थियो यो ।

“अल्छी लाग्या छ भने नगइस्यो न त आज,” उसबेला उसकी श्रीमतीले सहानुभूतिका साथ भनेकी थिई । श्रीमती देशको सम्पर्ूण्ा भार उसको श्रीमान्कै काधले धानेको छ र विस्तारै त्यस भारको थिचाइले श्रीमान् निर्धो हुदै आउन थालेको मान्थी ।

त्यस दिन मृतक अफिस गयो भारी मनले । मारिन्छु भन्ने पर्ूवज्ञान भएर होइन । तर, देशमा हत्या र हिंसाको शैली देखेर आफ्नो जीवन पनि असुरक्षित नै छ भन्ने त्रासले होला अथवा अरू कुनै कारणले हो, मृतक अलि खिन्न र उदास थियो । अफिस जानु उसका लागि खुटीमा बाधिन जानु थियो । कर्मचारीका लागि अफिस जानु जीवनको नियमितता भइसकेको हुन्छ । गाउँतिर वस्तुहरू दिनभरि चरेर साझ आफ्नो खुटीमा दाम्लोले बाधिन आएजस्तै कर्मचारीहरू बिहानैदेखि अफिस जाने तयारीमा लागिसकेका हुन्छन्, मानसिक र शारीरिक दुवै रूपमा । त्यसरी तयार भए पनि कर्मचारीहरू आ-आफ्ना सीटमा भेटिने भने होइनन् र जति आलोचित भए पनि उनीहरू आफ्नो चाला छोड्ने होइनन् ।

मृतक पनि एक कर्मचारी नै हो । होइन, कर्मचारी होइन, कार्यालयप्रमुख अर्थात् हाकिम हो । तर, हाकिममध्येको एक सोझो हाकिम । राजपत्राङ्कित दोस्रो श्रेणीको । धेरै हाकिममध्ये सोझो एक हाकिमको के गणना तर मृतकजस्ता सोझा हाकिम पनि हुदारहेछन् भन्ने कथन मृतकले धानेको थियो ।

हाकिम हुनाले उसको कोठाबाहिर ‘नेमप्लेट’ पनि थियो । ‘प्रमोसन’ भएपछि पहिलोपल्ट आफ्नो नाम नेमप्लेटमा लेखिएर कोठाबाहिर झुन्डिएको देख्दा उसलाई अपार प्रसन्नता भएको थियो । पछि पदोन्नति पाएर यस कार्यालयमा खटिएर आउदा उसलाई झन् खुसी लागेको थियो । ऊ मनमनै सरकारप्रति कृतज्ञ पनि भएको थियो । तर, पछि यस ठाउमा जङ्गलकाहरूको अलि बढी प्रभाव भएको थाहा पाएपछि ऊ कार्यालयको हाकिम हुनुको खुसी बिर्सर्ेेमान्छेहरूलाई सशङ्कित भएर हर्ेर्ने भएको थियो । आमधारणामा सदरमुकामहरू सुरक्षित छन् भने पनि उसको मनले त्यो मानिरहेको थिएन । भर्खरै कृषि विकास ब्याङ्कमा कुकरबम विस्फोट गराएर भवन ध्वस्त पारिएको थियो । अर्कोतिर मालपोत कार्यालयमा र पछि नगरपालिकामा ऊ आएपछि क्रमशः बम विस्फोट गराएर भवनहरू ध्वस्त पारिएका थिए । उसलाई डराउन दिन जङ्गलकाहरू अझ तम्सेर यस्ता विस्फोटन गराइरहेको आशङ्का उसलाई लागेको थियो ।

अफिस आउदाजादा ऊ बजार सुनो देख्थ्यो र सहरका मान्छेहरू हासेबोले पनि एउटा अज्ञात भयले त्रस्त भएको र खुलेर साबिकको दिनचर्या जस्तै क्रियाकलाप गर्न नसकिरहेको पाउथ्यो । साझ पाच-छ बजेतिरै बजार जनशून्य र गतिविधिरहित हुन्थ्यो ।

त्यस दिन ऊ अफिसभित्र पस्दा उसको नेमप्लेटमा ‘बाहिर’ थियो । उसले अन्तिमपटक त्यस नेमप्लेटलाई हेर्‍यो । कहिलेकाही ऊ आफै नेमप्लेटको सानो पातो सारेर ‘बाहिर’ लाई ‘भित्र’ गराउथ्यो । त्यस्तोबेला आफूभन्दा कुनै तल्लो तहकाले उसको क्रियाकलाप हेरिरहेको नहोस् भन्नेतिर ऊ र्सतर्क रहन्थ्यो, पछि कार्यालयमा ऊ आफ्नो नेमप्लेट पनि आफैं ‘भित्र’ र ‘बाहिर’ गराउछ भन्ने हल्ला उडाइन सकिन्थ्यो । त्यसरी एउटा बदनामी खेप्नुपर्नेजस्तो भइदेला कि भन्ने उसको मनमा डर थियो ।

बिहान ऊ कार्यालय ढिलो आउदैनथ्यो । कार्यालयप्रमुख भएर पनि ऊ यो एउटा कुरामा पक्का थियो । एक आदर्शवान् प्रमुख । त्यसबाट उसलाई लाभ केही थिएन । अन्यत्र त्यसरी समयमै आउने प्रमुखहरू कमै थिए । उनीहरूको विचारमा ठीक समयमा कार्यालय पुग्ने प्रमुखमा हाकिम हुने गुण नितान्त अभाव रहेको हुन्छ भन्ने थियो । हाकिमका आ-आफ्नै एकेकवटा सान र रोब हुन्छन् । मान्छेपिच्छे औलाका छाप नमिलेझै हाकिमपिच्छे प्रत्येकमा पृथक् सान र रोब हुन्छ अनि तिनैले हाकिमको पहिचान पनि स्थापित हुन्छ कार्यालयमा पनि र जनतामा पनि । उसको सर्न्दर्भमा भन्न के सकिन्थ्यो भने, पिउनझै कार्यालयको ढोका खोल्ने समयमै हाजिर हुने हाकिम ऊजस्तै लुते हुन्छ ।

ऊ त्यस्ता अवधारणातिर त्यति ध्यान दिदैनथ्यो । त्यस दिन उसले नेमप्लेटको ‘बाहिर’ लाई ‘बाहिर’ नै रहन दियो । उसको कोठाअगाडि बस्ने पिउनले पछि भन्यो, “सा’बलाई बाहिरको बाहिर नै हुनु रहेछ र त नेमप्लेटमा पनि बाहिर नै राखी छाड्नुभएछ ।”

बिहानको समय । मान्छेहरू आएका थिएनन् । कार्यालयको समय भए पनि कर्मचारीहरू आएर मेचमेचमा नबसेसम्म र बसेपछि पनि एक-दर्ुइ चुरोट खाएर गफसफ गरेर आधा घण्टा समय ननिकालेसम्म कार्यालयको काम सुरु हुन्न भन्ने जनतालाई थाहा थियो । त्यस दिन बिहान पनि कार्यालय अरू बिहानजस्तै खालीखाली थियो । कार्यालयको ढोकामा सुरक्षार्थ खटिने पिउन स्थिर भएर बस्न पाइसकेको थिएन । त्यसै समय तीन जना तन्नेरी कार्यालय भवनभित्र पसे । एउटाको हातमा कालो रङको झोला थियो । कार्यालयको मूलढोकाबाट पसेपछि एक जना ढोकैमा तैनाथ भएर उभियो र अर्का दर्ुइ जना भित्रतिर लागे । ढोकामा उभिएकासित पनि पेस्तोल थियो र भित्र पसेकाहरूसित पनि । भित्र पस्नेमध्ये एकले पेस्तोल झिकिसकेको थियो र माथिबाट तल आर्लेर ‘ड्युटी’ मा बस्न आएको पिउनलाई उसले पेस्तोल देखाएर रोक्यो ।

अखबार र टीभीमा सुन्न पाइने विवरणजस्तै थिए यस्ता उपक्रमहरू । पिउनले कार्यालय उडाउन व्रि्रोहीहरू आए भन्ने बुझिहाल्यो । उसलाई प्यान्टमै मुत्न मन लागेको थियो तर टीभीहरूमा यस्ता घटनाहरूको दृश्य निरन्तर देखिरहने र अखबारहरूमा पढ्न पाइने हुनाले उसको डरको वेग अलि थामियो । उसलाई नियन्त्रणमा लिएपछि अर्को झोलासहित माथि लाग्यो । पछि पिउनले हुलिया दिदा झल्यास्स सम्भिmन पुग्यो- कताकता त्यो झोला लिएर माथि उक्लिने तन्नेरी उसको हाकिमको अनुहारसित मिल्दोजुल्दो अनुहारको थियो । यो कुरा उसले प्रहरीलाई बताएन । डरायो । मारिएको हाकिमप्रति उसको सहानभूति थियो । हाकिम हाकिमजस्तो थिएन । चर्को गरी बोल्दैनथ्यो । पिउन र स्टाफहरूले अटेर गरे भने त्यस्ता काम हाकिम स्वयम् गथ्र्यो । उसको ठाउमा बसे ऊजस्तै लाग्ने सामान्य व्यवहार र शैली भएको व्यक्तित्वको थियो हाकिम ।

झोला लिएको तन्नेरीले झोला कहा राख्ने भन्ने ठाउ देखेन । ऊ हाकिमको कोठाको ठ्याक्कै अगाडि उभिन पुगेको थियो । हाकिमको नेमप्लेटमा हेर्‍यो ‘बाहिर’ नै छ । उसको मनको एक कुनामा भौतिक संरचनाको क्षति भए पनि मान्छेको क्षति नहोस् भन्ने थियो । यता जनता बढी पीडित भएको गुनासा आइराखेका छन् । हाकिम आएको छैन । हाकिमहरू यतिबेला आउने पनि गर्दैनन् । समयमै सबै काम भएको भए आज यो अवस्था आउने थिएन । उसले पूरक विचारका रूपमा यो सोच्यो । कालो झोला यसै कोठाभित्र राख्न उपयुक्त मान्यो उसले ।

उसले ढोका खोल्दा एक जना मान्छे हाकिम बस्ने मेचमा बसिराखेको देख्यो । टाउकामा टोपी थियो । मान्छे लुते खालको थियो र हाकिम हो भन्ने उसले ठम्याउन सकेन ।

“तिमी बाहिर जाऊ, हामी बम राख्न आएको,” तन्नेरीले कडा स्वरमा भन्यो । “ए तिमीहरू को -,” मान्छेबाट आवाज आयो, “बम राख्ने ठाउ यो होइन,” मान्छे हाकिम नै रहेछ । तन्नेरीले चिन्यो । झ्यालबाट पसिरहेको उज्यालो तन्नेरीको अनुहारमा परिरहेको छ ।

“तिमी को -,” मान्छेले फेरि सोध्यो । हाकिम नै रहेछ, उसले उसको सोधाइबाट पनि बुझ्यो । हाकिमले सोधेपछि उसलाई हर्ेर्दै एकछिन घोरियो । अनि उसको मुखमा तन्नेरीलाई चिनेको भाव आयो । अलि मायालु तर हप्काएको स्वरमा भन्यो, “त रमेश होइनस् – मेरो हराएको भतिजो …।”

तन्नेरी एकछिन अकमकियो तर फेरि यथावत् हुने क्रममा भन्यो, “माइलाबा” त्यतिभरिमा उसको स्वरमा हार्दिकता आइदियो । बम र हार्दिकता समन्वय बस्ने विषय थिएनन् । पछि तर आफ्नो अर्जित कठोरतामा फर्किहाल्यो र बढी सारो भन्यो, “क्रान्तिमा को काका, को भतिजा तपाईंले मलाई नचिनेको भए छोडिदिन्थे होला, तर अब…।” उसले झोला हाकिमकै टेबुलअगाडि राख्यो र निमेषभरमै बाहिरियो । बाहिर निस्कदानिस्कदै पनि उसले सुन्यो, “ए…ए त यो के गर्दैछस्…।” त्यस स्वरलाई उसले बाहिरबाट बन्द गरिदिएको ढोकाले छेकिसकेको थियो । अब कुनै पनि क्षण विस्फोट हुनसक्छ । तन्नेरीले बाहिरबाटै भन्यो, “मलाई तपाईंले चिन्नुभो त्यसैले…।” तन्नेरीको स्वरमा कम्पन थिएन, दृढता थियो । उसले क्रान्तिलाई एक कदम अगाडि बढाउनु थियो ।

पछि विस्फोटनको कारण पत्ता लगाउन सुरक्षाकर्मीहरू उसको कार्यालयको निरीक्षणमा थिए । ऊ भने कता हो कता उछिट्टइिसकेको थियो । कार्यालयको पालेे बयान दिदै थियो, “तीन जना आएका थिए । खै कसरी चिन्नू – ‘ए बम राखेको छ भाग भाग’ भने र आफूहरू पनि दौडदै बाहिर निस्केर पश्चिमतिर लागे …।”

उसको घरमा त्यो खबर पुगिसकेको थियो । घटना भइसकेपछि उसकी श्रीमतीले अविरल आसु बगाउदै उही बयान पुनरावृत्ति गर्दै भनी, “उहालाई आज अफिस जाने मन …।” तर, यसपटक उसको वाक्य पूरा भएन । ऊ आकाश चिरिने गरी डाको छोडेर रुन लागी ।

नेपाल साप्ताहिक
अंक १२७

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *