हिजोआज नदी बग्दै छ कि ‘तमोनदी’ बग्दै छ, थाहै हुँदैन । थाहा होस् पनि कसरी हाम्रा कल्पना, बोध र सोचाइले जेलाई पानी भन्दै आएको छ त्यस्ता कुरा नदीमा भेट्न गाह्रो छ । कतै रूप बिग्रिएको नदी-चित्र नै मनुष्यको मस्तिष्कमा रहिरहने त होइन ?
निबन्ध साहित्यभित्रको मौनताले आज यो विधाका सबै रचनाकारहरूलाई नयाँ किसिमले लेख्न आहृवान गरिरहेको छ । के यो आहृवानअनुसारका निबन्धहरू लेखिएलान् ? अलमल र उल्झनहरू प्रशस्त छन् ।