कसैले देख्लान् भनी एकान्तमा लुकेर पागल बने
अचानक घाइते मुटु दुखेर पागल बने
सागरमा भावनाका छालहरू कहाँ खोज्नु
हेर्दा हेर्दै मनको खोली सुकेर पागल बने
बिचल्लीमा रमाउने बानी परेछ कि कुन्नि
घाऊमाथि मलमको साथ छुटेर पागल बने
सम्बन्धमा मिठो माया नपच्ने भो कसलाई नि
लटरम्म भै नफले नि झुकेर पागल बने
आफन्तका घातहरूको र पराइका साथहरूको
चोखो माया मनभित्र पुगेर पागल बने
