Skip to content

spandan

नभन्नु कहिल्यै पिएर गयो

नभन्नु कहिल्यै पिएर गयो फाटेको मुटु सिएर गयो
सिएको मुटु बाँकी रहेछ त्यही पनि उनलाई दिएर गयो

सबै हुँदा त घाम र जुन हाँसो र खुसी उज्यालो थियो
उनी नहुदा हजार लाख पीडा र आँसु लिएर गयो

चाहना थिए सपना थिए सँग-सँगै यात्रा भन्थ्यो
खुसी र चिन्ता मन भुलाउने साथीहरू ती थिए गयो

आकासबाट बर्सियो झरी हिम्मत कसको तगारो हाल्ने
मायाको पहाड उनले जोगाइनन् अखिरमा भत्किएर गयो

खहरे सुके केको भो चिन्ता सगर सुके भयो हाहाकार
मनको सागर सुकेछ क्यारे पिउदा पिउदै रित्तिएर गयो

syanghasahitaya.wordpress.com

गजल

कसैले देख्लान् भनी एकान्तमा लुकेर पागल बने
अचानक घाइते मुटु दुखेर पागल बने

सागरमा भावनाका छालहरू कहाँ खोज्नु
हेर्दा हेर्दै मनको खोली सुकेर पागल बने

पागल बनें

कसैले देख्लान् भनी एकान्तमा लुकेर पागल बनें
अचानक घाइते मुटु दुखेर पागल बनें

सागरमा भावनाका छालहरू कहाँ खोज्नु
हेर्दा ह्रर्दै मनको खोली सुकेर पागल बनें

गज़ल

कामखोजीमा बालक रुन्छ शहरमा
रोएको धुन कसले सुन्छ शहरमा

अध्यारोमा अगाडी बाटो छैन उसको
खाली हात पुर्पुरोमा हुन्छ शहरमा

भविस्य निर्माणमा लागि पर्दा उसले
पाइन्छ कि कतै आशा बुन्छ शहरमा

कविता चुरोट र चुरोटको जीवन

कसैले बालिदिन्छन सुरुमा
ठुलो कस्ट साथ
निभ्न दिंदैनन हावा हुरी र पानी छेकेर
सुरु गर्छ आफैं बल्न
जति बल्छ घट्दै जान थाल्छ
खरानीमा बदलिन्छ
चुरोट र चुरोटको जीवन